Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-१ मा जनमतको शक्ति प्रदर्शन, ओमप्रकाश सरार्फको पक्षमा वृहत्त मोटरसाइकल र्‍याली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८२
पर्सा-१ मा जनमतको शक्ति प्रदर्शन, ओमप्रकाश सरार्फको पक्षमा वृहत्त मोटरसाइकल र्‍याली

वीरगंज (पर्सा), १६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफको समर्थनमा युवाहरूले भव्य मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् । जनमत पार्टी निकट युवा दस्ता र जेन्जि जनमत संघको संयोजनमा सम्पन्न उक्त र्‍यालीले चुनावी माहोललाई थप तातो बनाएको छ ।

शनिबार आयोजित र्‍याली वीरगंजका विभिन्न स्थान हुँदै क्षेत्रका मुख्य चोक तथा बस्तीहरू परिक्रमा गरेको थियो । सयौं युवाको उल्लेखनीय सहभागितासहित सम्पन्न र्‍यालीमा सहभागीहरूले पार्टीका झण्डा, ब्यानर र नारासहित सरार्फप्रति खुलेर समर्थन जनाए । ‘परिवर्तनका लागि जनमत’ र ‘युवाको रोजाइ, ओमप्रकाश सरार्फ’ जस्ता नाराले चुनावी वातावरणलाई ऊर्जाशील बनाएको थियो ।

आयोजक पक्षका अनुसार युवाहरूको उल्लेखनीय उपस्थितिले पर्सा–१ मा जनमत पार्टीप्रति बढ्दो आकर्षण र भरोसा स्पष्ट पारेको छ । देश र क्षेत्रको समुन्नतिका लागि सक्षम, इमानदार र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनीहरूले सरार्फ नै त्यसको उचित विकल्प भएको दाबी गरेका छन् ।

र्‍यालीमा सहभागी युवाहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने नेतृत्वको आवश्यकता औंल्याए । परम्परागत राजनीतिक अभ्यासभन्दा फरक दृष्टिकोणसहित जनताको अपेक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारका रूपमा सरार्फलाई अघि सारिएको उनीहरूको भनाइ थियो ।

उम्मेदवार ओमप्रकाश सरार्फले युवाहरूको उत्साहप्रति आभार व्यक्त गर्दै परिवर्तनको प्रमुख शक्ति नै युवा भएको बताए । युवाको सीप, ऊर्जा र क्षमतालाई विकासको मुख्य आधार बनाउने आफ्नो योजना रहेको उल्लेख गर्दै उनले पर्सा–१ लाई आर्थिक, शैक्षिक र भौतिक पूर्वाधारको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याए ।

जनमत पार्टीले घरदैलो, जनसम्पर्क, मोटरसाइकल र्‍याली तथा युवासँग प्रत्यक्ष संवादजस्ता कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्रता दिइरहेको जनाएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा युवाहरूको सक्रियता बढ्दै गएको र यसले पर्सा–१ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि