Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरियामा माघ २६ गते एचपीभी खोप अभियान संचालन हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
पोखरियामा माघ २६ गते एचपीभी खोप अभियान संचालन हुने

वीरगंज (पर्सा), २३ माघ । पर्साको पोखरिया नगरपालिकामा माघ २६ गते सञ्चालन हुने महिलामा देखिने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानबारे जानकारी दिन स्वास्थ्य कार्यालय पोखरियाले पालिका–स्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

पोखरिया नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा सह–संयोजक शिवकुमार पटेलले अभियानको उद्देश्य, लक्षित समूह र कार्यविधिबारे विस्तृत जानकारी गराएका थिए । उनका अनुसार पालिकाका १० वडामा सञ्चालन हुने यस अभियानअन्तर्गत करिब ७ सय ४० जना कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाइनेछ । साथै, गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत बालिका र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि खोप प्रदान गरिनेछ ।

पटेलले माघ २६ गतेको अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै खटिने स्वास्थ्यकर्मीलाई सहज वातावरण सिर्जना गरिदिन जनप्रतिनिधि, शिक्षक, राजनीतिक दल, सञ्चारकर्मी र संघसंस्थालाई आग्रह गरे । लक्षित उमेर समूहका बालिका तथा किशोरीलाई कुनै आग्रह–पूर्वाग्रह नराखी खोप सुनिश्चित गर्न उनले जोड दिए ।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार विश्वभर पाठेघरको मुखको क्यान्सरबाट करिब ६ लाख ७० हजार महिला प्रभावित छन् भने वार्षिक करिब २ लाख ११ हजारको मृत्यु हुने गरेको छ । पोखरिया नगरपालिकामा हरेक वर्ष निःशुल्क परीक्षणका क्रममा करिब ४ सय महिलाको जाँच हुने गरेको र तीमध्ये ३ जनामा पोजेटिभ देखिएको जानकारी पटेलले दिए । हाल नगरभित्र ३४ जना बिरामीले स्वास्थ्य सहयोग पाइरहेका छन्, जसमध्ये १५ जना क्यान्सर पीडित रहेका छन् ।

नेपालमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने तथ्य पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । अविवाहित बालिका तथा किशोरीलाई लक्षित गरी दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिम कम गर्ने विश्वास व्यक्त गरिएको छ । अभिमुखीकरण कार्यक्रम पोखरिया नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले अभियान सफल बनाउन सबै पक्षबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै नगरभित्रका लक्षित बालिका तथा किशोरीसम्म खोप पुग्ने सुनिश्चित गर्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत कौशलकिशोर झा, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Tags: एचपीभी खोप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि