Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भाषण गर्ने नेताभन्दा ‘साथी’ बन्ने आकांक्षा : पर्सा क्षेत्र नं. ३ मा रूपेश पाण्डेको फरक राजनीति यात्रा

ठूला भाषण, आरोप प्रत्यारोप र शक्ति प्रदर्शनभन्दा टाढा रहँदै उनी आफूलाई ‘नेता’ होइन, जनताको दुःख सुखमा साथ दिने ‘साथी’ र विकासको जिम्मेवारी लिने ‘मुखिया’का रूपमा स्थापित गर्न चाहन्छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १९, २०८२
भाषण गर्ने नेताभन्दा ‘साथी’ बन्ने आकांक्षा : पर्सा क्षेत्र नं. ३ मा रूपेश पाण्डेको फरक राजनीति यात्रा

वीरगंज (पर्सा), १९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले)का उम्मेदवार रूपेश पाण्डे यसपटक परम्परागत चुनावी शैलीभन्दा अलग पहिचानसहित मैदानमा उत्रिएका छन् । ठूला भाषण, आरोप प्रत्यारोप र शक्ति प्रदर्शनभन्दा टाढा रहँदै उनी आफूलाई ‘नेता’ होइन, जनताको दुःख सुखमा साथ दिने ‘साथी’ र विकासको जिम्मेवारी लिने ‘मुखिया’का रूपमा स्थापित गर्न चाहन्छन् । यही फरक सोच र आत्मविश्वास नै उनको चुनावी यात्राको मूल आधार बनेको छ ।

काठमाडौंमा स्थापित र सफल व्यवसाय छाडेर पाण्डे झण्डै चार वर्षदेखि पर्सा–३ का गाउँबस्ती चहारिरहेका छन् । उनले राजनीतिमा प्रवेश गर्नुको कारण सत्ता वा पदको लोभ नभई आफ्नो जन्मभूमिको पीडा भएको दाबी गर्छन् । ‘व्यवसायले मलाई आर्थिक रूपमा सफल बनायो, तर आफ्नै माटोको अवस्था देखेर चुप बस्न सकिनँ,’ उनी भन्छन्, ‘यहाँका समस्या देख्दा केही न केही गर्नैपर्छ भन्ने जिम्मेवारी महसुस भयो ।’

पाण्डे आफ्नो राजनीतिक सोचलाई स्वास्थ्यसँग तुलना गर्दै व्याख्या गर्छन् । उनका अनुसार, बिरामीको उपचार अनुमानका भरमा होइन, सम्पूर्ण जाँचपछि मात्र सम्भव हुन्छ । ‘औषधि खानुअघि ‘होल बडी चेकअप’ गर्नुपर्छ,’ उनी भन्छन्, ‘मैले विगत ३ वर्ष ९ महिनामा मेरो क्षेत्रका ३५ वटै वडाको अवस्था नजिकबाट बुझिसकेको छु । अब मसँग समस्या मात्र होइन, समाधानको स्पष्ट खाका पनि छ ।’

उनका अनुसार पर्सा–३ को सबैभन्दा जटिल समस्या कृषि उपजले बजार नपाउनु हो । धोरेदेखि भातासम्मका किसानले उत्पादन गरेका तरकारी, अण्डा र दूधले उचित मूल्य नपाउँदा कहिले गाईवस्तुलाई खुवाउनुपर्ने, कहिले फाल्नुपर्ने बाध्यता छ । यही अवस्थाले किसानलाई निरुत्साहित बनाएको र युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको पाण्डेको ठहर छ ।

यस समस्याको दीर्घकालीन समाधानका लागि उनले चारवटा आधुनिक ‘कोल्ड स्टोर’ स्थापना गर्ने योजना अघि सारेका छन् । उत्पादन, भण्डारण र बजारलाई एउटै शृंखलामा जोड्न सके मात्र किसानले आफ्नो पसिनाको मूल्य पाउने उनको विश्वास छ । ‘बजारसम्म उत्पादन पुग्ने व्यवस्था भएन भने कृषि कहिल्यै लाभदायक हुँदैन,’ उनी स्पष्ट पार्छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रप्रति पनि पाण्डे गम्भीर देखिन्छन् । उनका अनुसार पर्सा–३ मा ११७ वटा विद्यालय र ९३ वटा स्वास्थ्य संस्था रहेपनि तिनको गुणस्तर सन्तोषजनक छैन । उनी निर्वाचित भए नीति निर्माणमै सीमित नहुने बताउँछन् । ‘सांसदको भूमिका कानुन बनाउने मात्र होइन,’ उनी भन्छन्, ‘गरिबका छोराछोरी विद्यालय गएका छन् कि छैनन्, कापी कलम बोकेका छन् कि छैनन् भनेर हेर्नु पनि सांसदको दायित्व हो ।’

खानेपानीका ट्यांकी बनेर पनि पानी नआउने, सडकको टेण्डर भएर काम नहुने र सिँचाइका नहरहरू समयमै मर्मत नहुँदा पुरिने समस्या पर्सा–३ मा पुरानै छन् । पाण्डे यी सबै समस्याको जड ‘इच्छाशक्ति नभएको नेतृत्व’ भएको दाबी गर्छन् । ‘बजेटको अभाव होइन, जिम्मेवारी बोधको अभावले विकास रोकिएको हो,’ उनको भनाइ छ ।

चुनावी प्रतिस्पर्धाका क्रममा पाण्डे आफ्ना प्रतिद्वन्द्वीप्रति पनि कटाक्ष गर्न पछि पर्दैनन् । लामो समय राजनीति गरेर पनि आधारभूत विकास गर्न नसकेका नेताहरूले अब विश्राम लिनुपर्ने उनको तर्क छ । त्यस्तै, नयाँ उदाएका केही दललाई उनी क्षणिक प्रभाव मात्र पर्ने ‘पानीको फोका’का रूपमा व्याख्या गर्छन् । एमालेले आफूलाई उम्मेदवार बनाउनुको कारण सामाजिक छवि र काम गर्ने चाहना भएको पाण्डे बताउँछन् । ‘म राजनीति पैसा कमाउन आएको होइन,’ उनी भन्छन्, ‘पर्सा–३ को मुहार फेर्न आएको हुँ ।’ पार्टीभन्दा माथि उठेर स्थानीय जनताले आफूलाई ‘रूपेश बाबु’ भनेर विश्वास गरेको दाबी गर्दै उनले यही भरोसालाई आफ्नो सबैभन्दा ठूलो पूँजी मान्छन् ।

पर्सा–३ मा यसपटकको चुनाव केवल दलहरूको प्रतिस्पर्धा मात्र नभई सोच, शैली र विश्वासको परीक्षा बनेको छ । यही परीक्षामा आफू खरो उत्रिने पाण्डेको आत्मविश्वास उनको चुनावी यात्राको केन्द्रमा देखिन्छ ।

Tags: सफल व्यवसाय छाडेर चार वर्षदेखि गाउँबस्तीमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि