Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल महिला संघ पर्साको बैठक, संगठन विस्तारमा महिला संघको योगदान महत्वपूर्ण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १४, २०८२
नेपाल महिला संघ पर्साको बैठक, संगठन विस्तारमा महिला संघको योगदान महत्वपूर्ण

वीरगंज (पर्सा), १४ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार प्रसार अन्तर्गत नेपाल महिला संघ पर्साको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । बैठक महिलाको संगठनात्मक सशक्तीकरण, पार्टीको आगामी रणनीति तथा स्थानीय तहमा महिला सहभागिता अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको थियो ।

बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, पार्टी सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, अतिथि अनिल सिंह र प्रकाश उपाध्याय तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकारसहित पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टी निर्माणमा नेपाल महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको रक्षा गर्न महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा महिला संघलाई अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

त्यस्तै, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान महत्वपूर्ण रहेको बताए । स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, सिद्धान्त र विचार जनतामाझ पुर्‍याउन महिला संघले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन कार्यकर्तालाई आह्वान गरे ।

प्रमुख अतिथि तथा उम्मेदवार अनिल रुङटाले पार्टीलाई निर्वाचनमा सफलता दिलाउन महिला संघको सशक्त भूमिका निर्णायक हुने धारणा राखेका थिए । उनले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने खालको उत्तरदायी राजनीति आवश्यक रहेको बताए ।

नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा आयोजित बैठकले आगामी दिनमा नेपाल महिला संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि