Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फरक शैली र स्पष्ट योजनासहित पाण्डे चुनावी मैदानमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०८२
फरक शैली र स्पष्ट योजनासहित पाण्डे चुनावी मैदानमा

वीरगंज (पर्सा), १३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिएका रूपेश पाण्डे फरक शैली, आत्मविश्वास र स्पष्ट दृष्टिकोणका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौंमा स्थापित व्यवसाय छाडेर पछिल्ला करिब चार वर्षदेखि गाउँ–गाउँ पुग्दै आएका पाण्डे आफूलाई ‘नेता’भन्दा बढी जनताको दुःख–सुखको साथी र विकासको अग्रदूतका रूपमा चिनाउँदै आएका छन् ।

व्यवसायिक जीवनमा सफलता पाएपनि जन्मभूमिको अवस्था देखेर चुप बस्न नसकी राजनीतिमा होमिएको पाण्डेको भनाइ छ । उनले विगत चार वर्षमा क्षेत्रका सबै वडामा पुगेर जनताका समस्या नजिकबाट बुझेको दाबी गर्दै ती समस्या समाधान गर्ने ठोस योजनासहित यसपटक चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

पाण्डेका अनुसार पर्सा–३ मा कृषि उपजले बजार नपाउनु सबैभन्दा ठूलो समस्या बनेको छ । किसानले उत्पादन गरेका तरकारी, दूध र अन्डाले उचित मूल्य र बजार नपाउँदा यसको प्रत्यक्ष असर युवा पलायनमा परेको उनले बताए । यस अवस्थाको अन्त्य गर्न उनले क्षेत्रमा चारवटा कोल्ड स्टोर स्थापना गरी उत्पादनदेखि बजारीकरणसम्मको शृंखला व्यवस्थित गर्ने योजना सार्वजनिक गरेका छन् ।

शिक्षा र स्वास्थ्यतर्फ संकेत गर्दै पाण्डेले विद्यालय र स्वास्थ्य संस्था पर्याप्त भए पनि सेवाको गुणस्तर कमजोर रहेको बताए । निर्वाचित भएमा सांसदको हैसियतमा नीतिगत पहलसँगै विद्यालय र स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

खानेपानी, सडक र सिँचाइ जस्ता पूर्वाधारमा भइरहेको ढिलाइ नेतृत्वको इच्छाशक्ति कमजोर भएकै कारण भएको दाबी गर्दै पाण्डेले आफू विकास र परिणाममुखी राजनीतिका लागि उम्मेदवार बनेको स्पष्ट पारे । पर्सा–३ को समग्र रूपान्तरण नै आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि