Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनिल रुङ्गटालाई बिजयी गराउन मुस्लिम समुदाय एकजुट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०८२
अनिल रुङ्गटालाई बिजयी गराउन मुस्लिम समुदाय एकजुट

वीरगंज (पर्सा), १३ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटालाई विजयी गराउन मुस्लिम समुदायहरु एकजुट भएका छन् । नेपाल मुस्लिम संघ पर्साको आयोजनामा परवानीपुर स्थित सम्पन्न बैठकमा रुङ्गटालाई विजयी बनाउन मुस्लिम समुदायका अगुवाहरु एकजुट भएका हुन् । उनीहरुले बैठकमा रुङ्गटालाई विजयी बनाउन हरेक संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले नेपाली कांग्रेस सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय र अल्पसंख्यक समुदायको अधिकारको पक्षमा दृढतापूर्वक उभिँदै आएको बताएका थिए । उनले क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा जनताको दुःख सुख बुझ्ने, इमानदार तथा विकासप्रति प्रतिबद्ध नेता भएको उल्लेख गर्दै सबै समुदायलाई एकताबद्ध भएर निर्वाचनमा कांग्रेसलाई बिजयी आग्रह गरे ।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले मधेश, मुस्लिम समुदाय तथा आम नागरिकको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको बताए । उनले अवसरवाद र व्यक्तिगत स्वार्थका कारण विचार परिवर्तन गर्ने प्रवृत्तिले जनताको विश्वास गुमाउने भन्दै स्थायित्व र लोकतान्त्रिक मूल्यका लागि कांग्रेसको विकल्प नरहेको धारणा व्यक्त गरे ।

नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले उम्मेदवार अनिल रुङटा मुस्लिम समुदायका भावना बुझ्ने र सधैं साथ दिने नेता भएको बताए । उनले भौतिक पूर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा रुङटासँग स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै मुस्लिम समुदाय एकजुट भएर उनको समर्थनमा उभिएको बताए ।

बैठकमा उम्मेदवार अनिल रुङ्गटाले सबै समुदायलाई साथमा लिएर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मुस्लिम समुदायसहित मधेशी, दलित, महिला र युवाको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको नीति तथा कार्यक्रमअनुसार इमानदार प्रयास गर्ने बताए ।

त्यसैगरि बैठकमा बोल्दै नेपाल मुस्लिम संघ पर्साका सचिव तबरेज मियाँले प्रदीप यादव मधेशी एजेण्डाबाट उदाएका नेता भएपनि मधेश आन्दोलनका बेला एमालेको विरोध गर्ने व्यक्ति आज व्यक्तिगत स्वार्थका लागि सहिदको इमान बेचेर एमाले प्रवेश गरेको आरोप लगाए ।

नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा आयोजित बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय कुमार द्विवेदी, सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष मो. साहबुद्दिनलगायत पार्टीका कार्यकर्ता र मुस्लिम संघका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि