Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा जसपा संकटमाः अधिकांश क्षेत्रमा प्रतिस्पर्धामै नदेखिएको विश्लेषण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०८२
पर्सामा जसपा संकटमाः अधिकांश क्षेत्रमा प्रतिस्पर्धामै नदेखिएको विश्लेषण

वीरगंज (पर्सा), ११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल कमजोर अवस्थामा देखिएको छ । २०७४ सालको निर्वाचनमा तीन र २०७९ सालको निर्वाचनमा एक क्षेत्रमा मात्र जीत हासिल गरेको जसपा यसपटक भने अपेक्षित प्रभाव देखाउन असफल भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

पर्सासहित मधेस प्रदेशमै प्रभावशाली मानिँदै आएको उपेन्द्र यादव नेतृत्वको जसपा, जेनजी आन्दोलनपछिको राजनीतिक उतारचढाव र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकता गरेपछि पनि संगठनात्मक रूपमा सुदृढ हुन सकेको छैन । यस निर्वाचनमा जसपाले पर्साका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरे पनि क्षेत्र नम्बर ४ बाहेक अन्य क्षेत्रमा उम्मेदवारहरू प्रभावकारी प्रतिस्पर्धामा नदेखिएको विश्लेषकहरू बताउँछन् ।

जसपाले पर्सा क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष रामनरेश यादव, क्षेत्र नम्बर २ मा उद्योगी अशोक टेमानी, क्षेत्र नम्बर ३ मा नागेन्द्र प्रसाद यादव र क्षेत्र नम्बर ४ मा डा. कृपासिन्धु प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । तर क्षेत्र नम्बर ४ बाहेक अन्य क्षेत्रमा जसपाका उम्मेदवार कमजोर देखिएको बताइन्छ ।

विशेषगरी पर्सा क्षेत्र नम्बर १ मा जसपा नेपालबाट निर्वाचित पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी परित्याग गरेपछि जसपा थप कमजोर बनेको छ । निवर्तमान सांसद यादव यसपटक एमालेका उम्मेदवार बनेकाले पनि यस क्षेत्रमा जसपाको संगठनमा ठुलो असर परेको छ ।

त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा नयाँ अनुहारलाई उम्मेदवार बनाइएको र उक्त क्षेत्रमा उनको राजनीतिक पकड तथा लगानी कमजोर भएकाले पनि जसपा कमजोर देखिएको जनाइएको छ । पर्सा क्षेत्र नम्बर ३ मा योग्य उम्मेदवार नपाएपछि स्थानीय नेतालाई उम्मेदवार बनाउनुपरेको जसपाका स्रोतको भनाइ छ । यस क्षेत्रअन्तर्गतका कुनै पनि पालिकामा जसपाले अहिलेसम्म चुनाव जित्न नसकेको इतिहासले पनि पार्टीको अवस्था कमजोर बनाएको बताइएको छ ।

तर पर्सा क्षेत्र नम्बर ४ मा भने जसपा अपेक्षाकृत बलियो देखिएको छ । कांग्रेसबाट डा. कृपासिन्धु प्रसाद चौधरीलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाइएको र यस क्षेत्रअन्तर्गतका दुई पालिकाका प्रमुख तथा एक प्रदेशसभा सदस्य जसपाबाट निर्वाचित भएकाले पार्टीको आधार बलियो रहेको जनाइएको छ ।

यसका साथै कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू पहिल्यै ‘परीक्षित’ भइसकेको अवस्थामा डा. चौधरी नयाँ र स्वीकार्य अनुहारका रूपमा देखिएकाले पर्सा–४ मा जसपाको प्रतिस्पर्धात्मक स्थिति अपेक्षाकृत मजबुत मानिएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि