Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहटको जयनगरमा देशकै ठूलो ग्रामीण काठ फर्निचर मेला शुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०८२
रौतहटको जयनगरमा देशकै ठूलो ग्रामीण काठ फर्निचर मेला शुरु

जयनगर (रौतहट), ११ माघ । प्रत्येक वर्षझैँ यस वर्षपनि रौतहट जिल्लामा देशकै सम्भवतः सबैभन्दा ठूलो ग्रामीण काठ फर्निचर मेला शुक्रबारदेखि औपचारिक रूपमा शुरु भएको छ । श्रीपञ्चमीको पावन अवसर पारेर नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको विशाल फर्निचर मेला सञ्चालनमा आएको हो ।
नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्माका अनुसार २०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष विस्तार हुँदै गइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको छ ।

प्रत्येक वर्ष श्रीपञ्चमीदेखि शुरु भई झण्डै दुई महिनासम्म चल्ने यस मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ । मेलामा पलङ्ग, डाइनिङ्ग सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौना लगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री पनि बिक्रीका लागि राखिएका छन् ।

मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सा लगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको समितिले जनाएको छ । यसका साथै नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारीहरू आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गरिरहेको देखिन्छ ।

व्यवसायीहरूका अनुसार जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने गर्दछ । आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने उनीहरूको भनाइ छ । यही कारणले गर्दा विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बन्दै गएको छ ।

मेलामा बिक्री गर्नका लागि विश्वकर्मा लोहार समुदायले २–३ महिना अघिदेखि नै फर्निचर निर्माणको काम शुरु गर्ने गर्दछन् । दिनरात खटेर बनाइएका ती सामग्री मेलामा बिक्री गरेर उनीहरूले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको छ ।

यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको समितिको दाबी छ । हरेक वर्ष मेलाको विस्तारसँगै कारोबार पनि बढ्दै गइरहेकोले आगामी दिनमा यसलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने तयारी भइरहेको समितिले जनाएको छ ।

Tags: ग्रामीण काठ फर्निचर मेला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि