Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा उम्मेदवारको आह्वानः ‘सही नेतृत्व रोजौं, परिवर्तन सुनिश्चित गरौं’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १०, २०८२
नेकपा उम्मेदवारको आह्वानः ‘सही नेतृत्व रोजौं, परिवर्तन सुनिश्चित गरौं’

वीरगंज (पर्सा), १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा निर्वाचन क्षेत्र नं. १ र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले शनिबार आयोजित क्षेत्रीय भेलाहरूमा वर्तमान राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गर्दै जनताको हकअधिकार, जेनजी आन्दोलन र प्रणालीगत सुधारलाई चुनावी एजेन्डाको केन्द्रमा राख्ने बताएका छन् ।

पर्सा क्षेत्र नं. १ का उम्मेदवार सि.ए. अजय चौरसियाले आफू विगतदेखिनै शोषित, पीडित तथा मधेसका उत्पीडित वर्गको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै निर्वाचनको समयमा विभिन्न किसिमका प्रलोभनमा नपरी सही र योग्य उम्मेदवार छनोट गर्न मतदातासँग आग्रह गरे । उनले शिक्षित युवा उम्मेदवारका रूपमा उच्च मनोबलका साथ जनताबीच जाने प्रतिबद्धता जनाउँदै जनताको हकअधिकारका लागि निरन्तर लडिरहने बताए ।

चौरसियाले आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगे जनताका समस्या समाधानका लागि नीतिनियम सुधारमा सक्रिय भूमिका खेल्ने स्पष्ट पार्दै शिक्षा, रोजगारी र सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे ।

उता पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले वर्तमान राजनीतिक नेतृत्वकै कारण देशमा जेनजी आन्दोलन जन्मिएको दाबी गर्दै त्यसले मुलुकलाई ठूलो क्षति पुर्‍याएको बताए । उनले हाल निवर्तमान सांसद नै मन्त्री रहेको सरकारप्रति संकेत गर्दै त्यही व्यक्ति र दल पुनः सत्तामा पुगे देश अझ ठूलो दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए ।

चौधरीले नेकपाले मात्र जेनजी आन्दोलनका मागहरू पूरा गर्न सक्ने दाबी गर्दै नेकपाका उम्मेदवारलाई चुनाव चिन्ह ‘तारा’ छापमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरे । उम्मेदवारहरूले दुबै भेलामा पार्टी संगठनलाई अझ मजबुत बनाउँदै जनताको विश्वास जित्न एकताबद्ध भएर चुनावी मैदानमा होमिनुपर्नेमा जोड दिएका थिए ।

यसै क्रममा, पर्सा निर्वाचन क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ, जसको सह–संयोजकमा राजकुमार घिमिरे रहेका छन् ।

त्यस्तै, पर्सा निर्वाचन क्षेत्र नं. २ मा सम्पन्न भेलाबाट केन्द्रीय सदस्य रामचन्द्र साहको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने समितिको सह–संयोजकमा विपिन यादव रहेका छन् । दुवै भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Tags: नेकपा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि