Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘बालेन’ विरुद्ध चौरसियाको विवादास्पद अभिव्यक्ति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १०, २०८२
‘बालेन’ विरुद्ध चौरसियाको विवादास्पद अभिव्यक्ति

वीरगंज (पर्सा), १० माघ । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय कुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका आकांक्षी बालेन्द्र साह (बालेन) विरुद्ध कडा र विवादास्पद अभिव्यक्ति दिएका छन् ।

वीरगंजस्थित नगर सभागृहमा आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा निवर्तमान सांसद चौरसियाले बालेन साहलाई ‘लुसिफर’को संज्ञा दिँदै उनको गतिविधिकै कारण सिंहदरबार लगायत देशका विभिन्न संरचना ध्वस्त भएको दाबी गरे । उनले बालेन साह प्रधानमन्त्री बने मुलुकको अवस्था कस्तो हुने हो भन्ने प्रश्नसमेत उठाए ।

सभामा बोल्ने क्रममा चौरसियाले बालेन साहप्रति लक्षित गर्दै आपत्तिजनक आरोपहरू लगाए । उनले भने, ‘बालेन गजेडी हुन्, गाँजा सेवनका कारण उनका आँखाहरू रातो देखिन्थे, अहिले उपचार गराएर चुनाव लड्न आएका छन् ।’ साथै, उनले बालेन साहको र्‍याप संगीत, गायन शैली र जीवनशैलीप्रति टिप्पणी गर्दै यस्ता व्यक्तिले देशको नेतृत्व गरे मुलुकको भविष्य कस्तो हुन्छ भनेर प्रश्न गरे ।

चौरसियाले अमेरिकामा वृद्ध आमाबुबालाई घरमा नराखी आश्रममा राख्ने संस्कृतिको प्रसंग जोड्दै बालेन साह त्यही सोचबाट प्रभावित भएको दाबी गरे । यही कारणले कांग्रेसलाई मतदान गर्नुपर्ने उनको आग्रह थियो । कार्यक्रममा चौरसियाले नेपाली कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा नयाँ उम्मेदवार अघि सारेको उल्लेख गर्दै पार्टीभित्र पुस्तान्तरण भएको दाबी गरे ।

पार्टी सभापति आफूभन्दा करिब १५ वर्ष कान्छो रहेको उदाहरण दिँदै उनले कांग्रेसको नेतृत्वमै देशको विकास सम्भव हुने धारणा राखे । कांग्रेस पर्सा–२ का क्षेत्रीय सभापति महमद सहाबुदिनको सभापतित्वमा सम्पन्न उक्त भेलामा पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटा, क्षेत्र नं. ३ का उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी, क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजाललगायत नेताहरूको उपस्थिति रहेको थियो ।

Tags: अजय कुमार चौरसिया
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि