Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा राजनीतिक फेरबदल : पूर्वमन्त्री प्रदीप यादव र मेयर राजेशमान सिंहसहितका नेता एमाले प्रवेश

प्रदीप यादवसँगै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारीलगायत नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ५, २०८२
पर्सामा राजनीतिक फेरबदल : पूर्वमन्त्री प्रदीप यादव र मेयर राजेशमान सिंहसहितका नेता एमाले प्रवेश

वीरगंज (पर्सा), ५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी पूर्व मन्त्री प्रदीप यादवसहित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरूसँगै पर्सा जिल्लाका यादव समूह निकट अन्य नेताहरू पनि एमालेमा समाहित भएका छन् ।

आइतबार राति एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निजी निवास गुण्डुमा आयोजित विशेष कार्यक्रममा पार्टी प्रवेश गराइएको हो । उक्त कार्यक्रममा अध्यक्ष ओलीले निवर्तमान सांसद प्रदीप यादव, मेयर राजेशमान सिंहलगायत नवप्रवेशी नेताहरूलाई खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेशसँगै अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा उपनिर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदीप यादवलाई एमालेको उम्मेदवार बनाउने घोषणा गरेका छन् । यादव यसअघि २०७४ र २०७९ मा सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । २०७९ को निर्वाचनमा उनले २२ हजार ५३७ मत प्राप्त गरी विजयी भएका थिए ।

जसपा नेपालले पर्सा-१ बाट जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाएर आफूलाई ‘सहिद बनाउने षड्यन्त्र’ गरेको महसुस भएपछि पार्टी परित्याग गरेको प्रदीप यादवले बताएका छन् । ‘एमालेले मप्रति विश्वास गरेर उम्मेदवार बनाएको छ, यसका लागि अध्यक्ष केपी ओलीज्यूप्रति आभारी छु,’ उनले भने । मङ्गलवार मनोनयन दर्ता रहेकाले सोमबार नै निर्वाचन क्षेत्रमा पुगेर चुनावी अभियान सुरु गर्ने तयारी रहेको उनले बताएका छन् ।

प्रदीप यादवसँगै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारीलगायत नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् । स्रोतका अनुसार एमालेले पर्सा क्षेत्र नम्बर २ बाट पूर्व मेयर तथा केन्द्रीय सदस्य विजयकुमार सरावगीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने र आगामी स्थानीय तह निर्वाचनमा हालका मेयर राजेशमान सिंहलाई नै टिकट दिने विषयमा समझदारी भएको छ । तर सरावगी भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन इच्छुक नरहेको बुझिएको छ ।

पार्टी प्रवेशको वातावरण बनाउन एमाले केन्द्रीय सदस्य प्रभु हजरा र निर्मला देवकोटा कोइरालाले प्रमुख भूमिका खेलेका थिए । उनीहरू अध्यक्ष ओलीको तर्फबाट नवप्रवेशी नेताहरूसँग पछिल्ला केही दिनदेखि निरन्तर संवादमा थिए ।

प्रदीप यादवको राजनीतिक यात्रा छोटो अवधिमै उतारचढावपूर्ण रहँदै आएको छ । ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका उनी गत भदौमा भएको जेनजी युवा आन्दोलनपछि सरकारबाट बाहिरिएका थिए । त्यसपछि अशोक राई नेतृत्वको जसपा परित्याग गरी गत पुस १४ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए। तर जसपा नेपालमा एकीकरण भएको २० दिनमै उनले पुनः पार्टी परिवर्तन गरेका हुन् ।

यस घटनाले वीरगंजको राजनीतिक वृत्तमा नयाँ तरङ्ग सिर्जना गरेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेका विजय सरावगी र जसपाका राजेशमान सिंहबीच कडा प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा राजेशमान सिंहले ४६ हजार २१५ मत ल्याएर विजय हासिल गर्दा सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरेका थिए ।

Tags: पूर्वमन्त्री र मेयर सहितका नेता एमालेमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि