Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

सिन्धुली, १ माघ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरूले बैंक लुट्ने योजना घरधनीकै रहेको बयान दिएपछि बैंक सञ्चालन भइरहेको घरका घरधनी छविलाल स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महोत्तरी जिल्लाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैंक लुटिएकै दिन बिहान स्याङतान ‘सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाउने’ बहानामा महोत्तरीतर्फ गएको खुलेको छ । प्रारम्भिक अनुसन्धान तथा पक्राउ परेका लुटेराहरूको बयानका आधारमा बैंक लुट्ने सम्पूर्ण योजना घरधनी स्याङतानकै रहेको, लुटिएको रकम तराई क्षेत्रमा भाग लगाउने सहमति भएको तथा सोही योजनाअनुसार उनी महोत्तरी पुगेको आशय देखिएपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ ।

यसै प्रकरणमा बैंक लुट्न सहयोग गरेको आरोपमा घरधनी स्याङतानसँगै अर्का स्थानीय चतुरमान बज्युलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बज्यु घरधनी स्याङतानका साला भएको खुलेको छ । पक्राउ परेका लुटेराहरूले बैंक लुट्ने योजनादेखि कार्यान्वयनसम्मका चरणमा बज्युले आफूहरूलाई सहयोग गरेको बयान दिएका छन् ।

लुटेराहरूको प्रारम्भिक बयानअनुसार बैंक लुट्ने मुख्य योजना घरधनीकै थियो भने आफूहरूलाई उक्त योजनामा प्रयोग गर्ने जिम्मेवारी स्याङतानका साला चतुरमान बज्युलाई दिइएको थियो । लुटपछि आफूहरूलाई सुरक्षित स्थानमा लैजाने, व्यवस्थापन गर्ने र रकम बाँडफाँड गर्ने जिम्मेवारीसमेत बज्युले पूरा नगरेको भन्ने आशयका बयान लुटेराहरूले प्रहरीसमक्ष दिएका छन् ।

गत पुस २९ गते राति सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबिआई बैंकमा सशस्त्र लुटपाट भएको थियो । उक्त घटनामा लुटेराहरूले ३ करोड ११ लाख रुपैयाँ नगद लुटेका थिए । घटनापछि प्रहरीले तीव्र अनुसन्धान गर्दै हालसम्म करिब २ करोड ६८ लाख रुपैयाँ बराबरको रकम बरामद गरिसकेको छ । बाँकी रकमको खोजी तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र पक्राउका लागि अनुसन्धानलाई अझ व्यापक र तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस प्रकरणमा संलग्न सबै व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको छ भने घटनासम्बन्धी थप विवरण अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ ।

Tags: नेपाल एसबिआई बैंक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि