Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

वीरगंज (पर्सा), १ माघ । बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीको सहकार्यमा पर्साको पोखरिया नगरपालिका र बाराको महागढीमाई नगरपालिकामा न्यानो कम्बल तथा कपडा वितरण गरेको छ ।

पर्साको पोखरिया नगरपालिकामा आयोजित कार्यक्रममा दलित, गरिब, अतिविपन्न तथा अशक्त महिलालाई लक्षित गर्दै २०० जनालाई न्यानो कम्बल वितरण गरिएको हो । पोखरिया नगरपालिका–स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लक्षित महिलाहरूलाई अतिथिहरूले संयुक्त रूपमा कम्बल वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्कीले चिसो मौसममा न्यानो कम्बलले विपन्न वर्गलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै मानवीय सेवामा प्रहरी परिवारको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, मधेश प्रदेश प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी श्रीमती संघकी बरोडा बराल थपलिया तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठक रहेका थिए ।

पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, उपमेयर रुबी ठाकुर, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, वडा अध्यक्ष लक्ष्मण साह कानु लगायत समाजसेवी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वक्ताहरूले जाडो मौसममा गरिब तथा असहाय समुदायको जीवन थप कष्टकर हुने उल्लेख गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले राज्यप्रतिको विश्वास बढाउने र समुदायसँग प्रहरीको सम्बन्ध अझ सुदृढ बनाउने बताए । कम्बल प्राप्त गरेपछि सहभागी महिलाहरूले खुशी व्यक्त गर्दै नेपाल प्रहरी श्रीमती संघप्रति आभार प्रकट गरेका थिए । संघले आगामी दिनमा पनि विपन्न, असहाय तथा सीमान्तकृत समुदाय लक्षित सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यसैबीच नेपाल प्रहरी श्रीमती संघले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंजभवानीपुरमा पनि न्यानो कपडा वितरण गरेको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा स्थानीयवासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा दर्जनौँ विपन्न परिवारलाई न्यानो कपडा प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजसेवा र मानवीय सहयोग नेपाल प्रहरीको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायसँगको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे ।

Tags: नेपाल प्रहरी श्रीमती संघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि