Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचन सफल बनाउनु हाम्रो साझा दायित्व : गृहमन्त्री अर्याल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३०, २०८२
निर्वाचन सफल बनाउनु हाम्रो साझा दायित्व : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश आर्याल जनकपुरधाममा बुधबार गृह मन्त्रालय र मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा मन्तव्य राख्नुहुँदै । रासस

जनकपुर (धनुषा), ३० पुस । सङ्घीय गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु सुरक्षा निकायमा आबद्ध सबैको साझा दायित्व भएको बताएका छन् । जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री अर्यालले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सुरक्षा निकायका सबै अङ्गलाई गम्भीरता र उच्च जिम्मेवारीका साथ आ–आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिए । ‘निर्वाचन सफल बनाउन सुरक्षा निकायका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्छ,’ उनले भने ।
उनले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै समाजमा द्वन्द्व फैलाउने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबै पक्षलाई आग्रह गरे । प्रचलित कानुनविपरीत कार्य गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिए, जसमा सामाजिक सञ्जालको दुरुपयोगप्रति विशेष ध्यानाकर्षण गराइएको थियो ।

जेन–जी पुस्ताको चाहनाअनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले सुशासन कायम गर्नु र तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख कार्यादेश भएको स्पष्ट पारे । उनले राष्ट्रले सुम्पिएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई आग्रहसमेत गरे । लुटिएका हतियार क्रमशः फिर्ता हुँदै गएको तथा सीमित साधन र स्रोतका बाबजुद नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायहरू निर्वाचनलाई सफल बनाउन प्रतिबद्ध भएर लागिपरेको गृहमन्त्री अर्यालले बताए ।

गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती र आसन्न निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरेका थिए । बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी, सङ्घीय गृह मन्त्रालयका गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव आनन्द काफ्ले लगायत उच्च पदस्थ सरकारी अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

गोष्ठीले प्रदेशको समग्र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउँदै आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि