Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश साहित्य महोत्सव २०२६ को तयारी तीव्र, सरोकारवालाबीच छलफल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २६, २०८२
मधेश साहित्य महोत्सव २०२६ को तयारी तीव्र, सरोकारवालाबीच छलफल

वीरगंज (पर्सा), २६ पुस । आगामी माघ १५, १६ र १७ गते वीरगंजमा आयोजना हुन गइरहेको मधेश साहित्य महोत्सव २०२६ को दोस्रो संस्करणको तयारीका विषयमा सरोकारवाला निकाय र नागरिक समाजका प्रतिनिधिहरूबीच शनिबार छलफल सम्पन्न भएको छ । उत्कर्ष नेपालका अध्यक्ष ऋतुराजको अध्यक्षतामा सम्पन्न छलफलमा महोत्सवको उद्देश्य, विषयवस्तु, सहभागिता र कार्यक्रम संरचनाबारे गहन विचार–विमर्श गरिएको हो ।

उत्कर्ष नेपालको आयोजनामा हुन लागेको महोत्सवलाई सफल बनाउन आयोजित छलफलमा यस वर्षको मुख्य विषयवस्तु ‘गाउँ मन्थन’ रहने जानकारी आयोजक समूहकी सलमा खातुनले गराइन् । उनले मधेशका सबै क्षेत्र, समुदाय र वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै ग्रामीण जीवन, संस्कृति र आवाजलाई प्राथमिकताका साथ उजागर गरिने बताइन् ।

कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै उत्कर्ष नेपालका जय साहले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि मधेश साहित्य महोत्सव आवश्यक रहेको उल्लेख गरे । साहित्य, संस्कृति र सामाजिक संवादलाई थप सशक्त बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिन लागेको उनले बताए ।

छलफलमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, प्रकृति सेवा प्रतिष्ठानका जसपाल सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, लिडरसिप डेभलपमेन्ट इन्स्टिच्युटका प्रबन्ध निर्देशक अनिल जैयसवाल, मानव सेवा आश्रमका देवेश गुप्ता, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, जेन–जी प्रतिनिधि विशेष साहलगायत सहभागीहरूले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

सहभागीहरूले प्यानल छलफलका विषयहरू श्रोताको रुचिअनुसार तय गर्नुपर्ने, वक्ताहरू सबै क्षेत्र र समुदायबाट समावेशी रूपमा चयन गर्नुपर्ने तथा मधेशका भाषा, साहित्य, संस्कृति र परम्परालाई प्राथमिकताका साथ समेटिनुपर्ने सुझाव दिएका थिए । साथै, तराई–मधेशमा विवाहमा गाइने परम्परागत गीत, स्थानीय संस्कृति, खानाका परिकार तथा स्थानीय उत्पादनलाई स्टलमार्फत प्रस्तुत गर्ने विषयमा समेत छलफल भएको थियो ।

यसैबीच, महोत्सवमा प्रस्तुत गरिने रचनाको छनोटका लागि माघ ३ गते ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गरिने र त्यसमार्फत छनोट भएका रचनालाई मात्रै मुख्य कार्यक्रममा समावेश गरिने जानकारी उत्कर्ष नेपालका जय साहले दिएका छन् ।

Tags: मधेश साहित्य महोत्सव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि