Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया प्रदेशिक अस्पतालको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव

मधेश प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा चारवटा प्रदेशिक अस्पताल स्थापना गरिने र तीमध्ये पोखरिया अस्पताल पनि समावेश रहेकाले यसको विकासमा प्रदेश सरकारको पूर्ण सहयोग रहने छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २६, २०८२
पोखरिया प्रदेशिक अस्पतालको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव
पोखरिया (पर्सा), २६ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पोखरियास्थित प्रदेशिक अस्पतालको समग्र विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा रहेको पोखरियामा प्रदेशिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अस्पताललाई सक्षम, प्रभावकारी र जनमैत्री बनाइने बताए ।
मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार अन्तर्गतका मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई प्रदेशिक अस्पतालहरूमा सरुवा गरिसकिएको जानकारी दिँदै सरुवा भएर तोकिएको स्थानमा नजाने स्वास्थ्यकर्मीमाथि कडा कारबाही गरिने निर्देशन मन्त्रालयका सचिवलाई दिइसकेको बताए । उनका अनुसार प्रदेशिक अस्पतालहरूको सेवा प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनमा कुनै सम्झौता गरिने छैन ।
वीरगंज वरपरका बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरिरहे पनि जिल्लाको पश्चिम क्षेत्रका नागरिकलाई वीरगंज आवतजावत र महँगो उपचार खर्चले समस्या पर्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले यही कारण पोखरियास्थित प्रदेशिक अस्पताललाई दक्ष र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । अस्पतालको भौतिक संरचना सुदृढ गर्ने, दक्ष चिकित्सकको व्यवस्था गर्ने तथा अत्यावश्यक उपकरण जडान गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने उनको प्रतिबद्धता थियो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा चारवटा प्रदेशिक अस्पताल स्थापना गरिने र तीमध्ये पोखरिया अस्पताल पनि समावेश रहेकाले यसको विकासमा प्रदेश सरकारको पूर्ण सहयोग रहने स्पष्ट गरे । साथै, पोखरिया क्षेत्रको समग्र विकासलाई लक्षित गर्दै टाउन हल र रंगशालाका लागि विनियोजित बजेटलाई निरन्तरता दिई बहुवर्षीय योजनाअन्तर्गत सम्पन्न गरिने घोषणा पनि गरे ।
यसै अवसरमा बोल्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवले पोखरिया अस्पताल अब प्रदेशिक अस्पतालको रूपमा स्थापित भइसकेकाले यसलाई आधुनिक प्रविधियुक्त मोडल अस्पतालको रूपमा विकास गरिने बताए । बाहिरका अस्पताल सरह सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पोखरियामै उपलब्ध गराउने लक्ष्यसहित अस्पताललाई नमुना अस्पताल बनाइने उनले प्रतिबद्धता जनाए ।
प्रदेशिक अस्पताल पोखरियाको उद्घाटन मुख्यमन्त्री कृष्ण प्रसाद यादव र स्वास्थ्य मन्त्री जंगीलाल यादवले संयुक्त रूपमा सिलालेख अनावरण गर्दै गरेका थिए । अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका कृषि मन्त्री श्याम प्रसाद पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व कृषि मन्त्री तथा प्रदेश सांसद जनार्धन क्षेत्री, पूर्व खेलकुद मन्त्री प्रमोद जयसवाल, मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, पोखरिया नगरप्रमुख प्रद्युम्न चौहान, पूर्व नगरप्रमुख दीप नारायण रौनियार, पूर्व उपप्रमुख सलमा खातुन, प्रदेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट आनन्द रौनियारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पोखरिया अस्पताल तथा आसपासका क्षेत्रको विकास निर्माणसँग सम्बन्धित चुनौती र सम्भावनामाथि धारणा राख्दै अस्पतालको दीर्घकालीन प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य सह–संयोजक शिव पटेलले गरेका थिए ।
Tags: पोखरिया प्रादेशिक अस्पताल विकसित हुने
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि