Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामाजिक संस्कार बिना आर्थिक सुधार सम्भव छैन, ‘मानसिकता परिवर्तन दिगो आर्थिक समृद्धि’ : मेयर

‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मानसिकता परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने धारणा राखे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८२
सामाजिक संस्कार बिना आर्थिक सुधार सम्भव छैन, ‘मानसिकता परिवर्तन दिगो आर्थिक समृद्धि’ : मेयर

वीरगंज (पर्सा), २५ पुस । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक संस्कारको विकास नभएसम्म आर्थिक  सुधार सम्भव नहुने स्पष्ट पारेका छन् । शुक्रबार वीरगंजमा सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मानसिकता परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने धारणा राखे । मेयर सिंहले समाजमा मौलाउँदै गएका गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी युवाहरू लहैलहैमा लाग्ने संस्कारबाट जोगिनुपर्ने बताए ।

‘कुनै पनि प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,’ उनले आग्रह गरे । वैभवशाली वीरगंज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै मेयर सिंहले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको आरोप लगाए । देशभर आपूर्ति हुने अधिकांश वस्तु वीरगंज नाकामार्फत भित्रिएपनि शहर केवल ढुवानी मार्गमा सीमित हुँदा यहाँका नागरिकले धुलो–धुवाँ खेप्नुपरेको र अपेक्षित सुविधा नपाएकोप्रति उनले असन्तोष व्यक्त गरे ।

कार्यक्रममा मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए । अब जागिर खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेस द्रुत मार्ग निर्माणपछि वीरगंजको तीव्र विकास हुने विश्वास व्यक्त गरे । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगंज भन्सार कार्यालयजस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ शहरले लिन नसकेको उनले बताए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकार निजी क्षेत्रमैत्री नहुँदा वीरगंजसँगै पर्सा र बारा जिल्लासमेत प्रभावित हुने गरी उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताए । तीनै तहका करको अत्यधिक बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उनले चिन्ता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगंज आफैंमा आर्थिक संस्कारयुक्त शहर भएपनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गरे । वीरगंजको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उनले बताए ।

पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगंजको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले पनि आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगंजको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राखे । कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Tags: मानसिकता परिवर्तन आर्थिक समृद्धि
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि