Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फागुन २१ पछि देशले पहिलो मधेसी प्रधानमन्त्री पाउँछ : सभापति पन्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २०, २०८२
फागुन २१ पछि देशले पहिलो मधेसी प्रधानमन्त्री पाउँछ : सभापति पन्त

वीरगंज (पर्सा), २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मुलुकले पहिलो पटक मधेसी प्रधानमन्त्री पाउने दाबी गरेका छन् । उनले मधेसका युवा नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा देशले पाउने स्पष्ट अभिव्यक्ति दिँदै यसले राष्ट्रिय राजनीतिमा ऐतिहासिक मोड ल्याउने विश्वास व्यक्त गरेका हुन् ।

रास्वपा वीरगंज महानगरपालिका–१ को प्रथम ऐतिहासिक वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले मधेसको छोरा बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नु सम्पूर्ण मधेसबासीका लागि गर्व र सम्मानको विषय भएको उल्लेख गरे । उनले अब मधेसको छोरालाई प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न नसक्ने दृढ आत्मविश्वास व्यक्त गर्दै जनताको समर्थन नै सबैभन्दा ठूलो शक्ति भएको धारणा राखे ।

वीरगंजको बजार छपकैया क्षेत्रमा सम्पन्न उक्त वडा भेलाले धु्रप साहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ । गठित समितिको उपसभापतिमा मनोज कुमार र सचिवमा धीरज साह कलवार चयन भएका छन् । त्यस्तै सदस्यहरूमा धुरेन्द्र साह तेली, ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, असलम मिया, राधे साह तेली, गिरिजा देवी ठाकुर र उमाराबती देवी चयन भएका छन् । साथै, सल्लाहकारका रूपमा बैजु साह, मिकाइल मिया र श्याम साहलाई मनोनीत गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज महानगरपालिकाका सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलामा वडा नम्बर १ का सयौं वडाबासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै पार्टीप्रति जनआकर्षण बढ्दो रहेको सन्देश दिएका थिए ।

भेलाको सहजीकरण कृष्णा पासवानले गरेका थिए भने कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, क्षेत्रीय सभापति राम आर्यलगायतका नेताहरूले सम्बोधन गरेका थिए । किसान साहले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदी, सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, फैयाद मिया लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले पार्टीको संगठन विस्तार, मधेसको राजनीतिक प्रतिनिधित्व र समावेशी नेतृत्वको आवश्यकता बारे जोड दिँदै आगामी निर्वाचनमा रास्वपालाई बलियो विकल्पका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि