Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज रास्वपा पर्सा जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २०, २०८२
नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

default

वीरगंज (पर्सा), २० पुस । नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. र प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी एक महत्वपूर्ण सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ । शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित गरिएको यो सम्झौता २०८२ साल पुस २० गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगंज महानगरपालिका–१५, पर्सामा आयोजित विशेष कार्यक्रमबीच सम्पन्न भएको हो ।

सम्झौताअनुसार प्याब्सन पर्सासँग आबद्ध निजी तथा बोर्डिङ विद्यालयका बोर्ड सदस्य, शिक्षक–कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनलाई नेशनल मेडिकल कलेजमार्फत विभिन्न किसिमका विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ । यस सहकार्यले विद्यालय क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सहज र किफायती स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेश्रो पक्ष बीमा सेवा, अनुभवी चिकित्सकद्वारा विद्यालयमै अन–साइट क्लिनिक सञ्चालन, नियमित वेलनेस कार्यक्रम तथा स्वास्थ्य परीक्षण प्याकेजलगायत सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ । यसले समयमै स्वास्थ्य जाँच तथा उपचारको सुविधा विस्तार हुने विश्वास गरिएको छ ।

त्यसैगरी सम्झौतामार्फत ओपीडी टिकट, जनरल बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू सेवा, विभिन्न प्रकारका शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी र आईपीडी फार्मेसी सेवामा समेत उल्लेखनीय छुट उपलब्ध गराइने स्पष्ट गरिएको छ ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी र प्याब्सन पर्साको तर्फबाट अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । यो सम्झौता एक वर्षका लागि लागू हुने र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा प्याब्सनको तर्फबाट राज्य नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, साउथ जोन स्कूलका गेम को–अर्डिनेटर हासिम अन्सारी तथा नेशनल मेडिकल कलेजको तर्फबाट चीफ इन्फर्मेसन अफिसर इञ्जिनियर प्रदीप कुमार चौधरी र मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दुवै संस्थाबीच सम्पन्न भएको यस सहकार्यले शैक्षिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवामा पहुँच बढाउँदै संस्थागत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

Tags: नेशनल मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ओली पक्राउविरुद्ध वीरगंजमा मशाल जुलुस प्रदर्शन

ओली पक्राउविरुद्ध वीरगंजमा मशाल जुलुस प्रदर्शन

चैत्र १६, २०८२
वीरगंज प्रिमियर लिग-३ को ट्रफी सार्वजनिक

वीरगंज प्रिमियर लिग-३ को ट्रफी सार्वजनिक

चैत्र १६, २०८२
लागुऔषध गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

लागुऔषध गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

चैत्र १६, २०८२
पर्सामा चैते धान रोपाइँ सुरु, हर्दिनाथ–१ प्रति किसानको आकर्षण बढ्दो

पर्सामा चैते धान रोपाइँ सुरु, हर्दिनाथ–१ प्रति किसानको आकर्षण बढ्दो

चैत्र १६, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि