Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बुद्ध एयर विमान दुर्घटनाः को-पाइलटसहित सात घाइते, रन-वे छोट्याएर विमानस्थल सञ्चालनमा

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर-७२ जहाज अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटनामा परेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०८२
बुद्ध एयर विमान दुर्घटनाः को-पाइलटसहित सात घाइते, रन-वे छोट्याएर विमानस्थल सञ्चालनमा

भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटनाग्रस्त काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु सामान्य घाइते भएका छन् । जहाजमा ५१ यात्रु र ५६ जना सवार थिए । तस्बिर : जिल्ला प्रहरी कार्यालय झापा / रासस

काठमाडौं, १९ पुस । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन् । दुर्घटना राति करिब ९ः१० बजे भएको थियो । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर-७२ जहाज अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए ।

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमान इन्जिनियर सवार थिए । दुर्घटनामा ललितपुर-४ निवासी २४ वर्षीय को-पाइलट सुशान्त श्रेष्ठ र अन्य छ जना यात्रु घाइते भएका छन् ।

घाइते हुने यात्रुहरूमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन् ।

दुर्घटनापछि नेपाल प्रहरीको उद्दार टोलीले तत्कालै घाइतेलाई भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को-पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार जारी रहेको छ । अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो र ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । जहाज दुर्घटनामा परेलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमाण्डमा ७० जना प्रहरीको टोली उद्दारका लागि खटिएको थियो ।

प्रहरीले सबै यात्रुलाई दुर्घटनाग्रस्त जहाजबाट सकुशल बाहिर निकाल्दै घाइतेलाई समयमै अस्पताल पुर्‍याएको जनाएको छ ।

छानविनमा सहयोग गर्ने बुद्ध एयरको प्रतिबद्धता
बुद्ध एयरले भद्रपुर विमानस्थलमा भएको जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । एयरलाइन्सले शनिबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार काठमाडौंबाट भद्रपुरका लागि उडेको आफ्नो जहाज अवतरणका क्रममा रन-वे बाहिर गई दुर्घटनामा परेको घटनाको विस्तृत छानबिनमा प्राधिकरणलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जानकारी दिएको छ । उक्त विमानमा ५१ जना यात्रु सवार थिए । बुद्ध एयरले दुर्घटनापछि तत्काल उद्दार कार्यमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरका कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ ।

‘ढोका खोल्न नदिएको’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण
बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा भएको जहाज दुर्घटनापछि विमान परिचारिकाले ढोका खोल्न नदिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रष्टीकरण दिएको छ ।

विमान कम्पनीले शुक्रबार भएको घटनाको वास्तविकता स्पष्ट पार्दै दुर्घटनापछि विमान रन–वेबाट बाहिर जाँदा बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षा जोखिमका कारण सो तर्फको ढोका खोल्न उपयुक्त नभएको जनाएको छ । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै तत्काल निर्णय लिइएको बुद्ध एयरको दाबी छ ।

बुद्ध एयरका अनुसार विमान परिचारिकाले तोकिएको सुरक्षा प्रोटोकलअनुसार दायाँपट्टिको ढोकाको लक खोल्ने प्रयास गरेका थिए । ‘तर, ढोका ‘जाम’ भई नखुलेपछि उनले तत्काल निर्णय लिँदै यात्रुहरूलाई पछाडिको सर्भिस ढोकामार्फत सुरक्षित रूपमा बाहिर निकाल्न अग्रसर भएका थिए,’ कम्पनीले प्रष्टीकरणमा उल्लेख गरेको छ ।

त्यही क्रममा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई छिटो सुरक्षित बाहिर निकाल्न महत्वपूर्ण सहयोग पुर्‍याएको बुद्ध एयरले जनाएको छ । ‘संकटको घडीमा देखाउनुभएको साहस, सूझबुझ र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ बुद्ध एयरले भनेको छ ।

कम्पनीले मोक्तानको योगदानको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गरेको छ ।

रन-वे छोट्याएर विमानस्थल सञ्चालनमा
भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रन-वे छोट्याएर विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

भद्रपुर विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ-ट्रयाकमा परेकाले हालका लागि रन-वे घटाएर विमान सञ्चालन गर्न थालिएको हो । उनका अनुसार विमानस्थलको १ हजार ५ सय मिटर लामो रनवे हाल १ हजार ४ सय मिटरमा सीमित गरी सञ्चालन भइरहेको छ ।

रन-वे छोट्याएर विमानस्थल सञ्चालन गरिएको विषयमा सबै पाइलटलाई नियमित रूपमा जानकारी गराइँदै आएको खत्रीले बताए । ‘अहिले विमानस्थल चालु छ । विमानस्थल सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गरिएको छ,’ उनले भने, ‘दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ-ट्रयाकमा परेकाले त्यसलाई मिलाउन रनवे अलिकति छोट्याएका हौं । यसको जानकारी प्रत्येक आउने-जाने जहाजका पाइलटलाई दिइरहेका छौं ।’

उनका अनुसार सामान्य अवस्थामा १ हजार ५ सय मिटर रहेको रनवे हाल १ हजार ४ सय मिटरमा सञ्चालन भइरहेको छ र यो दूरी हालका लागि जहाज सञ्चालनका लागि पर्याप्त रहेको छ । सबै उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल सञ्चालन भइरहेको विमानस्थल प्रशासनले जनाएको छ ।

Tags: बुद्ध एयर विमान दुर्घटना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ संचालन हुन सकेन

लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ संचालन हुन सकेन

बैशाख ३१, २०८३
तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

बैशाख ३१, २०८३
विभिन्न तीनवटा मुद्दामा संलग्न तीनजना पक्राउ

विभिन्न तीनवटा मुद्दामा संलग्न तीनजना पक्राउ

बैशाख ३१, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

पूर्व-पश्चिम राजमार्ग छेउमा युवक मृत अवस्थामा फेला

बैशाख ३१, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि