Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०८२
सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

चितवन, १९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर कार्यरत सम्पूर्ण पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरिसकेको जानकारी दिए ।

मन्त्री खरेलले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति भएको उल्लेख गर्दै कबथ चितवन शाखा अन्य शाखाको तुलनामा व्यवस्थित र राम्रो रहेको बताए । पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले पत्रकारका समस्या समाधानका लागि वर्तमान सरकारले केही आधारशीला तयार गर्ने काम अघि बढाइरहेको स्पष्ट पारे ।

उनले लोककल्याणकारी विज्ञापनलाई पारदर्शी र सही तरिकाले सबै सञ्चारमाध्यमसम्म पुर्‍याउन जरुरी रहेकोमा पनि जोड दिए । ‘लोककल्याणकारी विज्ञापन सबै सञ्चारमाध्यमले समान रूपमा पाउने वातावरण बनाउन आवश्यक छ,’ मन्त्री खरेलले भने । निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था, चुनौती र पत्रकारहरूले भोग्दै आएका समस्याबारे मन्त्री खरेललाई अवगत गराएका थिए ।

सोही क्रममा मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजन चितवन समाचारदाता अनिल ढकालसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रूपमा काम गर्न आवश्यक सहजीकरणका लागि आफू तयार रहेको प्रतिबद्धता जनाए ।

गत असोज महिनामा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका ढकाल हाल उपचाररत छन् । दुर्घटनामा परी घाइते भएका ढकालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ ।

Tags: पत्रकारलाई सामाजिक सुरक्षा कोष
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि