Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ वर्ष २०२६ : पर्साको ठोरी सहित पर्यटकीय स्थलमा स्वदेशी विदेशी पर्यटकको भीड

जनवरी १ तारिखका दिन मात्रै करिब एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक ठोरीमा नयाँ वर्ष मनाउन आउने गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०८२
नयाँ वर्ष २०२६ : पर्साको ठोरी सहित पर्यटकीय स्थलमा स्वदेशी विदेशी पर्यटकको भीड

वीरगंज (पर्सा), १७ पुस । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्सा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी नागरिकहरूको उल्लेखनीय भीड देखिएको छ । नयाँ वर्षलाई उल्लासमय रूपमा मनाउने उद्देश्यले हजारौँ मानिसहरू वनभोज (पिकनिक) खान र रमाइलो गर्न बिहानैदेखि विभिन्न स्थानतर्फ प्रस्थान गरेका थिए ।

विशेषगरी ठोरी गाउँपालिका अन्तर्गत पर्ने राईधारा, रानीवन इच्छानगर, चौताराको बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाँडा, सितागुफा, सेतो पहाड, सिनही पर्वतराई, ठुटे खोला, बाघमोर्चा माई मन्दिर परिसर तथा गडुवालाईन क्षेत्रमा नेपाली तथा भारतीय नागरिकहरूको उल्लेखनीय भीड लागेको थियो । बिहानदेखि साँझसम्म यी क्षेत्रहरू पर्यटकले खचाखच भरिएका थिए ।

सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्ला दुई सातादेखि नै ठोरी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको थियो । उनले जनवरी १ तारिखका दिन मात्रै करिब एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक ठोरीमा नयाँ वर्ष मनाउन आएको जानकारी दिए । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठोरीमै बास बस्ने पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको पौडेलले बताए ।

ठोरी क्षेत्रमा नेपालका मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट मात्र नभई भारतको बिहार, उत्तर प्रदेश र दिल्लीसम्मका पर्यटकहरू नयाँ वर्ष मनाउन आउने गरेको पाइन्छ । यसले ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ ।

त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जंगल, सब डिभिजन वन कार्यालय बसन्तपुर अन्तर्गतका वन क्षेत्र तथा जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने सुगीभार मन्दिर परिसरमा पनि नयाँ वर्ष मनाउने तथा वनभोज खानेहरूको बाक्लो उपस्थिति देखिएको थियो ।

पर्साका अन्य स्थानहरूमा पनि नयाँ वर्षको रौनक उत्तिकै देखिएको छ । पटेर्वासुगौली गाउँपालिकामा पर्ने गादीमाई मन्दिर, रंगपुरस्थित भुमरी माई पिकनिक स्पोर्ट, पर्सागढी नगरपालिकाका कोइलाभार माई मन्दिर र आमोदेवी माई मन्दिर परिसरमा पिकनिक खाने र रमाउनेहरूको घुइँचो लागेको थियो ।

पर्यटकहरूले खाने पिउने, डिजे बजाएर नाचगान गर्ने र सामूहिक मनोरञ्जनमा रमाउने गरेकाले यी क्षेत्रहरूको वातावरण नै रमणीय बनेको स्थानीयले बताएका छन् ।

फस्ट जनवरी मनाउन हरेक उमेर समूहका मानिसहरू समूह बनाएर तोकिएका स्थानतर्फ बिहानैदेखि लर्को लागेका दृश्य देखिन्थे । ग्रामीण भेगका हुलाकी सडकहरूमा आवागमन गर्ने सवारी साधन र यात्रुको संख्या अत्यधिक बढेको थियो। ट्याक्टर, कार, जीप, मोटरसाइकल तथा साइकलमा सवार भई वनभोज खान जानेहरूको भीडले सडकहरू व्यस्त बनेका थिए ।

अत्यधिक जाडोका कारण सबै विद्यालयहरूमा बिदा दिइएकाले विद्यार्थीहरू पनि नयाँ वर्ष मनाउने उद्देश्यले वनभोजमा सहभागी भएका थिए । ६ देखि ११ वर्ष उमेर समूहका नानीबाबुहरू भने जंगलमा नगई आसपासका बगैँचा, मन्दिर तथा खेतबारीमा गएर ‘भतरिग्ङी’ (वनभोज) खाँदै नयाँ वर्ष मनाएको देखिन्थ्यो ।

समग्रमा, अंग्रेजी नयाँ वर्ष २०२६ ले पर्सा जिल्लालाई पर्यटकमय बनाउँदै उत्सव, उल्लास र सांस्कृतिक मेलमिलापको सुन्दर सन्देश दिएको स्थानीयवासीले बताएका छन् ।

Tags: ठोरीमा पर्यटकहरुको घुइँचो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि