Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ वर्ष २०२६ को अवसरमा पर्साका पर्यटकीय स्थलहरुमा वनभोजको व्यापक चहलपहल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०८२
नयाँ वर्ष २०२६ को अवसरमा पर्साका पर्यटकीय स्थलहरुमा वनभोजको व्यापक चहलपहल
वीरगंज (पर्सा), १७ पुस । अँग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा वीरगंजसहित पर्सा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा पिकनिक मनाउनेहरूको उल्लेखनीय घुइँचो लागेको छ । नयाँ वर्षलाई रमाइलो र उत्साहका साथ मनाउने उद्देश्यले नेपाली तथा भारतीय पर्यटकहरू भिश्वा डाँडा, भुटानदेवी मन्दिर, इको पार्क, शंखधर साख्वा लगायतका स्थानमा पुगेका छन् ।
यसैगरी, जिल्लाका ठोरी, पर्सागढी, तिलावे क्षेत्रहरू पनि पिकनिक मनाउनेहरूको भीडले भरिएका छन् । परिवार, आफन्त तथा साथीभाइसँग मिलेर नयाँ वर्षको खुसी साटासाट गर्न हजारौँ भारतीय पर्यटकसहित स्थानीय बासिन्दाहरू यी स्थलहरूमा पुगेका हुन् ।
पिकनिकमा सहभागी भएकामध्ये कतिपयले घरबाटै खानेकुरा पकाएर लगेका छन् भने कतिपयले भने स्थलमै खाना पकाउँदै सामूहिक रमाइलो गरिरहेका देखिन्छन् । वन, पहाड, धार्मिक तथा ऐतिहासिक स्थलहरूमा गुञ्जिएको हाँसो खुसीले पर्साका पर्यटकीय क्षेत्रहरू निकै जीवन्त बनेका छन् ।
तर, अँग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै जानु र नेपाली मौलिक नयाँ वर्ष ओझेलमा पर्नु चिन्ताको विषय बनेको छ । स्थानीय अगुवाहरूले यसप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । वीरगंज–१६ नगवाका महेश साहले नेपालीहरू आफ्नै मौलिक संस्कृति बिर्सँदै विदेशी संस्कृतितर्फ आकर्षित हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले वैशाख १ गते मनाइने नेपाली नयाँ वर्षलाई बेवास्ता गर्दै अङ्ग्रेजी नयाँ वर्षलाई प्राथमिकता दिनु गलत भएको धारणा व्यक्त गरे ।
यस प्रवृत्तिलाई रोक्न राजनीतिज्ञ र राज्य पक्षले समेत सक्रिय भूमिका खेल्नुपर्ने उनको माग छ । यद्यपि, यस विषयमा फरक मत पनि देखिएको छ । वीरगंज १० का स्थानीय शशिकान्त सर्राफले अँग्रेजी नयाँ वर्ष मनाउनु गलत नभएको तर्क गरे । आफ्नो मौलिक संस्कृति नबिर्सीकन विश्वभर मनाइने नयाँ वर्षको अवसरमा परिवारसँग खुसी साटासाट गर्नु सकारात्मक पक्ष भएको उनको भनाइ छ । तर, नेपाली नयाँ वर्षमा पनि यस्तै उत्साह र सहभागिता देखिनुपर्नेमा उनले सबैसँग आग्रह गरे ।
यता, हजारौँ पर्यटक पिकनिक मनाउन आएपनि उनीहरूको व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा आधारभूत सुविधाका विषयमा वीरगंज महानगरपालिकाले अपेक्षित चासो नदिएको गुनासो पर्यटकहरूले गरेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा महानगरपालिका हरेक वर्ष चुक्दै आएको भन्दै स्थानीय पर्यटन व्यवसायी तथा पर्यटकहरूले आलोचना गरेका छन् । उचित व्यवस्थापन र प्रवद्र्धन भए पर्सा जिल्लाका पर्यटकीय स्थलहरू अझ आकर्षक बन्न सक्ने उनीहरूको भनाइ छ ।
Tags: पर्साका पर्यटकीय स्थल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सा-२ मा अशोक टेमानी र रिमा यादवबीच कडा प्रतिस्पर्धा : टेमानी अग्रस्थानमा, अन्य पछ्याउँदै

पर्सा-२ मा अशोक टेमानी र रिमा यादवबीच कडा प्रतिस्पर्धा : टेमानी अग्रस्थानमा, अन्य पछ्याउँदै

फाल्गुन १८, २०८२
ओमप्रकाश सर्राफको पक्षमा व्यापक समर्थन : इनर्वामा युवाहरू प्रवेश, नगवामा रात्रीसभामा !

ओमप्रकाश सर्राफको पक्षमा व्यापक समर्थन : इनर्वामा युवाहरू प्रवेश, नगवामा रात्रीसभामा !

फाल्गुन १८, २०८२
पर्सा–१ मा प्रदीप यादवप्रति बढ्दो समर्थन, मतदाताले भने ‘अब परिणाम चाहियो’

पर्सा–१ मा प्रदीप यादवप्रति बढ्दो समर्थन, मतदाताले भने ‘अब परिणाम चाहियो’

फाल्गुन १८, २०८२
घरदैलोमा जनलहर: पर्सा-१ मा रामकिशोर सिंह ‘पराग’लाई युवाको उत्साहपूर्ण साथ

घरदैलोमा जनलहर: पर्सा-१ मा रामकिशोर सिंह ‘पराग’लाई युवाको उत्साहपूर्ण साथ

फाल्गुन १८, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि