Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताः नयाँ राजनीतिक शक्तिको निर्माणका लागि सहमति

पार्टीको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित रहनेछ भने निर्वाचन चिन्ह पनि ‘घण्टी’ नै यथावत् रहने छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १४, २०८२
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताः नयाँ राजनीतिक शक्तिको निर्माणका लागि सहमति

वीरगंज (पर्सा), १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्रमा औपचारिक रूपमा हस्ताक्षर भएको छ । मुलुकको परिवर्तित राजनीतिक परिस्थिति र नागरिकमा बढ्दो वैकल्पिक राजनीतिक शक्तिको अपेक्षालाई मध्यनजर गर्दै दुवै दलबीच सहकार्य र एकताको सहमति भएको जनाइएको छ ।

सहमति पत्रमा २०८२ साल भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानप्रति सम्मान प्रकट गरिएको छ । साथै ती आन्दोलनमा सहभागी शहीद तथा घाइतेका परिवारले उठाएका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले देखाएको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्ने लक्ष्य सहमतिमा उल्लेख गरिएको छ ।

एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहने सहमति भएको छ । पार्टीको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित रहनेछ भने निर्वाचन चिन्ह पनि ‘घण्टी’ नै यथावत् रहने जनाइएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ ।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् । त्यसैगरी उपसभापतिमा कुलमान घिसिङ, डी.पी. अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ । उज्यालो नेपाल पार्टीका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई पार्टीको संगठनात्मक संरचनामा समुचित रूपमा समायोजन गरिने र जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता तथा सार्वजनिक छविलाई मुख्य आधार बनाइने उल्लेख गरिएको छ ।

सहमति पत्रमा उज्यालो र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, डेलिभरीमा आधारित राजनीति, मेरिटोक्रेसीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनको माध्यमबाट आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको स्पष्ट मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

यसैगरी, सहमति बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित सबै दस्तावेज निर्वाचन आयोगमा आवश्यक अद्यावधिक गरिने जनाइएको छ । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा विश्वास गर्ने अन्य वैकल्पिक तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई समेत एकताका लागि आव्हान गरिएको छ ।

सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षीका रूपमा उपस्थित रहेका थिए ।

Tags: रास्वपा र उनेपाबीच एकता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि