Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठोरीमा पर्यटकको चहलपहल बढ्दो, आन्तरिक र बाह्य आगमनले पर्यटन व्यवसायमा उत्साह

डिसेम्बर र जनवरी महिना वनभोज, घुमफिर तथा मनोरञ्जनका लागि उपयुक्त मौसम मानिने भएकाले यस अवधिमा ठोरी क्षेत्रमा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ११, २०८२
ठोरीमा पर्यटकको चहलपहल बढ्दो, आन्तरिक र बाह्य आगमनले पर्यटन व्यवसायमा उत्साह

वीरगंज (पर्सा), ११ पुस । मधेश प्रदेशको एक मात्र प्रमुख पर्यटन गन्तव्यका रूपमा परिचित पर्सा जिल्लाको ठोरी क्षेत्रमा पछिल्लो करिब एक सातायता आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ । मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट स्वदेशी पर्यटकहरूको बाक्लो उपस्थिति देखिन थालेको छ भने छिमेकी मुलुक भारतको बिहार र उत्तर प्रदेश राज्यबाट समेत पर्यटकहरू ठोरी भित्रिने क्रम तीव्र बनेको छ ।

स्थानीयवासीका अनुसार डिसेम्बर र जनवरी महिना वनभोज, घुमफिर तथा मनोरञ्जनका लागि उपयुक्त मौसम मानिने भएकाले यस अवधिमा ठोरी क्षेत्रमा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको छ । यस वर्ष पनि चिसो मौसम, हरियाली र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको उनीहरूको भनाइ छ । विशेषगरी पुस १० गते परेको क्रिसमसको अवसरमा मात्रै एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ठोरी पुगेको अनुमान गरिएको छ ।

जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाका स्थानीय महेश महतो थारुका अनुसार बिहीबार सार्वजनिक बिदा परेकाले उनी परिवारका सबै सदस्यसहित ठोरी घुम्न गएका थिए। ठोरीका विभिन्न भ्यू प्वाइन्टहरूको अवलोकन गर्दै प्राकृतिक दृश्यसँग रमाउँदै दिनभर आनन्ददायी समय बिताई साँझ घर फर्किएको उनले बताए । ‘ठोरीको वातावरण शान्त र मनमोहक छ, परिवारसँग घुम्नका लागि निकै उपयुक्त स्थान रहेछ,’ उनले अनुभव सुनाए ।

ठोरी गाउँपालिका वडा नं. १ र २ क्षेत्रमा अवस्थित राई धारा, रानीवन इच्छानगर, चौतारास्थित बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाँडा, सितागुफा, सेतो पहाड, सिन्ही पर्वतलगायतका स्थानहरू पर्यटकका लागि मुख्य आकर्षणका रूपमा परिचित छन् । प्राकृतिक सुन्दरता, हरियाली वन क्षेत्र, पहाडी भू–दृश्य र शान्त वातावरणका कारण यी स्थानहरू पर्यटकको रोजाइमा पर्दै आएका छन् ।

सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्लो एक सातादेखि ठोरीमा आउने आन्तरिक तथा विदेशी पर्यटकको संख्या निरन्तर बढिरहेको छ । इस्वी संवत् अनुसार नयाँ वर्ष जनवरी १ नजिकिँदै जाँदा पर्यटकको चाप अझै बढ्ने अपेक्षा गरिएको उनले बताए । पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, लज तथा अन्य व्यापारिक गतिविधिमा समेत उल्लेखनीय चहलपहल बढेको पौडेलले जानकारी दिए ।

यस्तै, ठोरीस्थित गाम बेसी फेमिली रेस्टुरेन्ट तथा लजका सञ्चालक मनिष प्याकुरेलले पछिल्लो समय पर्यटकको संख्या बढेसँगै व्यवसाय पनि राम्रोसँग चलिरहेको बताए । स्वदेशी तथा विदेशी पर्यटकका लागि खाना, खाजा र बास बस्ने उपयुक्त व्यवस्था रहेकाले कारोबारमा उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार लजमा भारतको बेतिया, मोतिहारी, गोरखपुर, नरकटियागञ्ज, जमुनिया तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पाहुनाहरू आउने गरेका छन् ।

पर्यटकको बढ्दो चापले ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीहरूको विश्वास छ । उचित पूर्वाधार विकास, प्रचार–प्रसार र सेवासुविधा विस्तार गर्न सके ठोरी मधेश प्रदेशकै मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै आकर्षक पर्यटन गन्तव्य बन्न सक्ने उनीहरू बताउँछन् ।

Tags: ठोरीमा पर्यटक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि