Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महिला सशक्तीकरणदेखि विद्यालय सुधारसम्म: पर्सामा स्थानीय अधिकार कार्यक्रमको प्रत्यक्ष प्रभाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १०, २०८२
महिला सशक्तीकरणदेखि विद्यालय सुधारसम्म: पर्सामा स्थानीय अधिकार कार्यक्रमको प्रत्यक्ष प्रभाव

वीरगंज (पर्सा), १० पुस । दिव्य विकास श्रोत केन्द्र पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय अनुगमन बिहीबार सम्पन्न भएको छ । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले गरिएको अनुगमनमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थलगत अवलोकन गरिएको थियो ।

अनुगमन टोलीले गाउँपालिका वडा नम्बर १, २ र ४ का विभिन्न टोलहरूमा पुगेर कार्यक्रमबाट हासिल भएका उपलब्धि, सामाजिक आर्थिक प्रभाव तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे लाभान्वित परिवारहरूसँग प्रत्यक्ष भेटघाट र अन्तर्क्रिया गरेको हो । टोलीले लक्षित वर्गसँग भलाकुसारी गर्दै कार्यक्रमले उनीहरूको जीवनस्तरमा पारेको परिवर्तनबारे जानकारी लिएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नम्बर २ स्थित श्री नेरा प्राथमिक विद्यालय, लक्ष्मीपुरमा बालमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले खेल सामग्री, शौचालय मर्मत तथा बालविकास शिक्षण सिकाइमा सहयोग पुग्ने शैक्षिक सामग्री वितरण गरिएको छ । यसका साथै, सोही वडाकी रिमाकुमारी साहलाई तरकारी खेती प्रवद्र्धनका लागि ३० हजार रुपैयाँ नगद, मोटर तथा बिउबिजन सहयोग प्रदान गरिएको छ ।

यस्तै, बसन्ती देवी रामलाई किराना पसल सञ्चालनका लागि २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइएको छ । लाभान्वित परिवारहरूले कार्यक्रमबाट प्राप्त सहयोगपछि आफ्नो आर्थिक अवस्था सुधार भएको र आत्मनिर्भर बन्न सफल भएको प्रतिक्रिया अनुगमन टोलीसमक्ष व्यक्त गरेका छन् ।

यस्तै, वडा नम्बर १ मा गठन भएको महिला श्रमिक समूहको सक्रियताले श्रमिकहरूको ज्यालामा उल्लेख्य वृद्धि भएको पाइएको छ । यसअघि दैनिक १५० देखि २५० रुपैयाँसम्म ज्याला पाउँदै आएका श्रमिकहरूले हाल ५०० रुपैयाँसम्म पाउन थालेको महिला श्रमिकहरूले जानकारी दिएका छन् । सो वडामा पनि कार्यक्रमअन्तर्गत केही महिलालाई आर्थिक सहयोग प्रदान गरिएकाले उनीहरू तरकारी खेती तथा किराना पसल सञ्चालनमार्फत नियमित आम्दानी गर्न सफल भएका छन् ।

महिला श्रमिक समूहकी अगुवा आलमा खातुनले कार्यक्रम लागू भएपछि महिलाहरूको आर्थिक रूपान्तरण भएको र उनीहरू आफ्नै खुट्टामा उभिन सक्षम बनेको बताइन् । अनुगमन टोलीले वडा नम्बर ४ स्थित श्री नेरा माध्यमिक विद्यालयमा किशोरीहरूका लागि निर्माण गरिएको आराम कक्ष तथा छात्रामैत्री शौचालयको समेत अवलोकन गरेको थियो । यसले विद्यालयमा किशोरीमैत्री वातावरण निर्माणमा कार्यक्रमको योगदान देखाएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, उपसभापति परन पटेल, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो थारु, वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरे, नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि रितेश झा लगायतको सहभागिता रहेको थियो । यसैगरी, दिव्य विकास श्रोत केन्द्रका महासचिव सोनालाल राउत, कोषाध्यक्ष देवनाथ ठाकुर, कार्यकारी निर्देशक रामाकान्त पटेल, कार्यक्रम संयोजक रिना चौधरी, फोकल पर्सन तथा स्थानीय अधिकार कार्यक्रमका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

अनुगमनमा सहभागी जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफले स्थानीय अधिकार कार्यक्रमबाट विशेषगरी पटेर्वा सुगौलीका महिलाहरू तथा लक्षित परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । गाउँपालिका अध्यक्ष दिनेश चौधरीले दिव्य विकास श्रोत केन्द्रले आफ्नो पालिकालाई कार्यक्रमका लागि छनोट गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि