Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदूषणविरुद्ध ७२ घण्टे अल्टिमेटम : कारबाही नभए सशक्त आन्दोलन गर्ने चेतावनी

अभियान समितिले आगामी ७२ घण्टाभित्र ठोस र प्रभावकारी कारबाही नभए हजारौँ स्थानीय बासिन्दाको सहभागितामा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ९, २०८२
सिर्सिया नदी प्रदूषणविरुद्ध ७२ घण्टे अल्टिमेटम : कारबाही नभए सशक्त आन्दोलन गर्ने चेतावनी

वीरगंज (पर्सा), ९ पुस । वीरगंजस्थित सरिसवा (सिर्सिया) नदीलाई औद्योगिक फोहोरबाट जोगाउन सक्रिय सिर्सिया नदी बचाऊ अभियानले वीरगंज उद्योग वाणिज्य संघलाई औपचारिक चेतावनी पत्र बुझाएको छ । अभियानका तर्फबाट बुधबार संघका अध्यक्ष हरि प्रसाद गौतमलाई बुझाइएको ज्ञापन पत्रमा नदीमा भइरहेको निरन्तर औद्योगिक प्रदूषण तत्काल रोक्न ठोस कारबाही नगरे ७२ घण्टाभित्र सशक्त आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिइएको छ ।

अभियानका संयोजक किसु सर्राफले ज्ञापन पत्र बुझाउँदै वीरगंज क्षेत्रका विभिन्न उद्योगहरूले लामो समयदेखि सिर्सिया नदीमा रासायनिक फोहोर, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू अव्यवस्थित रूपमा विसर्जन गर्दै आएको आरोप लगाए । प्रदूषित र रसायनयुक्त पानी सोझै नदीमा मिसिँदा नदीको पानी पूर्ण रूपमा दूषित बनेको र यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको उनको भनाइ छ ।

सर्राफका अनुसार नदी प्रदूषणका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति क्रमशः नष्ट हुँदै गएको छ भने जलचर जीवहरू लोप हुने अवस्थामा पुगेका छन् । यसले समग्र जैविक विविधता र वातावरणीय सन्तुलनमा ठूलो क्षति पुर्‍याइरहेको दाबी पनि उनले गरे ।

अभियानले वीरगंज उद्योग वाणिज्य संघलाई उद्योगीहरूको छाता सङ्गठनका रूपमा मात्र नभई सामाजिक तथा वातावरणीय दायित्व बहन गर्ने प्रमुख संस्थाका रूपमा स्मरण गराउँदै प्रदूषण गर्ने उद्योगहरूमाथि तत्काल कडा कारबाही गर्न, प्रदूषण रोक्न स्पष्ट निर्देशन जारी गर्न तथा दोषी उद्योगहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

अभियान समितिले आगामी ७२ घण्टाभित्र ठोस र प्रभावकारी कारबाही नभए हजारौँ स्थानीय बासिन्दाको सहभागितामा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिका अनुसार आगामी शनिवारदेखि वीरगंज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा धर्ना, विरोध प्रदर्शन तथा अन्य कानुनी कदम चालिनेछ । विरोधका क्रममा उत्पन्न हुने सबै परिणामको जिम्मेवारी संघ नेतृत्वले नै लिनुपर्ने संयोजक सर्राफको भनाइ छ ।

सिर्सिया नदी जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै अभियानले संघले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्काल प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेको छ । वीरगंजका जेन–जी युवाहरूको सक्रिय सहभागितामा गत शनिवारदेखि सिर्सिया नदी बचाऊ अभियानको औपचारिक सुरुवात गरिएको हो । अभियानको पहिलो दिन युवाहरूले रानीघाटस्थित नदी क्षेत्रमा सरसफाइ गर्नुका साथै त्यहाँबाट सङ्कलन गरिएको फोहर पानी साङ्केतिक रूपमा जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा बुझाएर विरोध जनाएका थिए ।

अभियानका सदस्य बिक्की सर्राफले यस शनिवार पनि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत थप संघर्षका कार्यक्रमहरू आयोजना गरिनेछ भने सिर्सिया नदीको पर्यावरणीय, सामाजिक र धार्मिक महत्वबारे जनचेतना फैलाउने योजना पनि रहेको छ ।

वीरगंज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरूबाट वर्षौँदेखि सिर्सिया नदीमा फोहर विसर्जन हुँदै आएको छ । यसले स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि उत्पादन र नदीसँग जोडिएका धार्मिक–सांस्कृतिक मूल्यहरूमा समेत गम्भीर असर पार्दै आएको छ । यसअघि पनि विभिन्न अभियान र स्थानीयवासीले प्रदूषण रोक्न दबाब दिँदै आएतापनि उद्योगीहरूको अटेरीका कारण प्रभावकारी कारबाही हुन नसकेको गुनासो रहँदै आएको छ ।

सिर्सिया नदी बचाऊ अभियानले नदी संरक्षणका लागि सरोकारवाला सबै पक्षको सक्रिय सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि