Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी अनुदानको मल कालोबजारीको पर्दाफासः किसानको लागि आएको मल विचौलियाको हातमा

किसानका नाममा अनुदान, बिचौलियाको हातमा कारोबार ! ‘किसान ठगिँदै, कालोबजारी मौलाउँदैः प्रशासन किन मौन ?’ ‘मल जफत, दोषीलाई उन्मुक्ति : पर्सामा कालोबजारीको खुला खेल’ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २७, २०८२
सरकारी अनुदानको मल कालोबजारीको पर्दाफासः किसानको लागि आएको मल विचौलियाको हातमा

वीरगंज (पर्सा), २७ मंसिर । पर्साको ग्रामीण भेगमा किसानका लागि सहुलियत मूल्यमा वितरण गरिनुपर्ने सरकारी अनुदानको रासायनिक मल कालोबजारी हुँदै आएको तथ्य पुनः उजागर भएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नंं. ५ महुवनबाट प्रहरीले अवैध रूपमा अन्यत्र लैजाँदै गरिएको सरकारी अनुदानको डि.ए.पी. मल १५ बोरा नियन्त्रणमा लिएपछि यो गतिविधि सतहमा आएको हो ।

प्रहरीका अनुसार, शनिवार बिहान रातो नम्बर प्लेटको ई–लोडरमा मल लोड गरी महुवनबाट गाउँतर्फ लैजाँदै गर्दा प्रहरी चौकी महुवनको टोलीले उक्त मल नियन्त्रणमा लिएको थियो । ई–लोडरमा लोड गरिएको १५ बोरा डि.ए.पी. मल सरकारी अनुदानको भएको पुष्टि भएपछि प्रहरीले त्यसलाई जफत गरेको हो ।

तर, यस घटनामा मल लोड गरिएको सवारी साधन र त्यसका चालकलाई भने नियन्त्रणमा नलिइएको विषयले स्थानीयस्तरमा प्रश्न उठाएको छ । प्रहरी चौकी महुवनका इन्चार्ज उमेश यादवले मल मात्रै जफत गरेर ई–लोडर र चालकलाई छोडी दिएको र जफत गरिएको मल आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले भने अवैध रूपमा अन्यत्र लैजाँदै गरिएको सरकारी अनुदानको डि.ए.पी. मल १५ बोरा मात्र प्रहरी चौकी महुवनले बुझाएको पुष्टि गरे । मल ओसारपसारमा प्रयोग गरिएको सवारी साधन र चालक भने पक्राउ नगरिएको उनले स्पष्ट पारे । बरामद गरिएको मल आवश्यक प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालयमा बुझाइने तयारी भइरहेको उनले बताए ।

नेपाल सरकारले विदेशबाट महँगो मूल्यमा खरिद गरी ल्याउने रासायनिक मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थामार्फत वितरण गर्दै आएको छ । तर, शनिवार महुवनबाट नियन्त्रणमा लिइएको डि.ए.पी. मल भने स्थानीय कारोबारीहरूले कृषि सहकारी संस्थाबाट गैरकानुनी रूपमा खरिद गरी कालोबजारीका लागि अन्य गाउँतर्फ लैजाँदै गरेको स्थानीय किसानहरूको दाबी छ ।

स्थानीय किसानका अनुसार, मल लोड गरिएको ई–लोडरलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएपछि मलको कालोबजारीमा संलग्न कारोबारीहरू चौकीमै पुगेर दबाबसमेत दिएका थिए । सरकारी अनुदानको मल समातिएको खबर फैलिएपछि प्रहरी चौकी महुवनमा हल्लीखल्ली भएको र त्यसपछि चालक र सवारी साधनलाई उन्मुक्ति दिई मल मात्र जफत गरिएको उनीहरूको आरोप छ ।

यस घटनाले पर्साको ग्रामीण क्षेत्रमा किसानका नाममा वितरण गरिने सरकारी अनुदानको मल कसरी कालोबजारी हुँदै आएको छ भन्ने गम्भीर प्रश्न पुनः उठाएको छ । साथै, मल जफत भए पनि सवारी साधन र चालकलाई कारबाहीको दायरामा नल्याइनुले अनुगमन, जवाफदेहिता र निष्पक्ष कारबाहीप्रति शंका जन्माएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि