Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेनजीको चाहना, जनताको भरोसा: पर्सा–३ मा रुपेश पाण्डेय वैकल्पिक नेतृत्वका रूपमा स्थापित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २७, २०८२
जेनजीको चाहना, जनताको भरोसा: पर्सा–३ मा रुपेश पाण्डेय वैकल्पिक नेतृत्वका रूपमा स्थापित
वीरगंज (पर्सा), २७ मंसिर । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । यही क्रमसँगै व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका युवा रुपेश पाण्डेय यस क्षेत्रकै सबैभन्दा उर्जाशील र व्यवहारिक नेताका रूपमा जबरजस्त उदाउँदै गएका छन् । कतिपय राजनीतिक दलमा पूरानै नेताले अवसर पाउन लागेको चर्चा चल्दै जाँदा पर्सा ३ मा भने पाण्डेयलाई नै जनताले नेताको रुपमा उभ्याउन थालेका हुन् ।
पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल तथा भेटघाटका लागि पाण्डेय स्थानीयहरूसँग निरन्तर सम्वादमा रहेका छन् । जसमा अबको वैकल्पिक शक्तिका रूपमा पाण्डेय अघि बढ्नुपर्ने जनताले बताउन थालेका छन् । जनसम्वादका क्रममा पाण्डेयले पनि आफू सधैं समाजसँगै र समाजको विकास सँगसँगै रहेको बताउँदै चुनावमा साथ दिँदा यस क्षेत्रको विकासमा मिहीन ढंगले लाग्ने प्रतिवद्धता र योजना समेत प्रस्तुत गरिरहेका छन् । समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनका गतिविधिले पर्सा–३ का गाउँ, बस्ती र बजारमा ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाइदिएको छ । दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै उनी चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर जनताको समस्या सुन्ने, बुझ्ने र संभावित समाधानका मार्ग प्रस्तुत गर्दै आएका छन् ।
पाण्डेले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् । पोखरिया, पकाहा, महुवन, श्रीपुरलगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा–स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्ने, धार्मिक स्थल प्रवद्र्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डा उनले प्राथमिकतामा राखेका छन् । राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर भाथा भगवान धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको योजना क्षेत्रका स्थानीयले सकारात्मक रूपमा बुझेका छन् ।
देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेनजी आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको माग बढेको छ । यही वातावरणमा पाण्डेको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप बढाएको छ । मानिकपुर–२ का एक स्थानीय भन्छन्, “चुनावको बेला मात्र देखिने नेताको जमाना सकियो, समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व पाण्डेमै देखिन्छ । ” पोखरिया बजारकी एक व्यवसायी महिलाले भनिन्, “हामीलाई ठूला भाषण होइन, बजार व्यवस्थित गर्ने, ढिलाइ नगरी काम गर्ने नेता चाहिएको हो, पाण्डेको योजना लागू हुनेगरी तयार छ” भनेकी छन् ।
पाण्डेले पर्सा–३ भित्रका सात स्थानीय तह र ३५ वडालाई एकीकृत दीर्घकालीन विकास योजनामा जोड्दै आर्थिक, सामाजिक र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेका छन् । उनले विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निस्किए पनि विकासको गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अब ‘परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व’ अनिवार्य भएको बताउँदै आएका छन् । उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टीको नजिकियताबाट होइन, नागरिकका समस्या समाधान गर्न सक्ने क्षमताबाट हुनुपर्छ । धर्म–संस्कृति, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने पाण्डेको दृष्टिकोणले स्थानीयबीच उनको छवि अझै मजबुत बनाएको छ । समुदायबीच सहकार्य गराउँदै साझा मुद्दामा एकताबद्ध रूपमा अघि बढ्न सक्ने नेतृत्व गुण पाण्डेमै देखिएको पर्साका बुद्धिजीवी, व्यवसायी तथा युवाको बुझाइ छ ।
निरन्तर जनतामाझ रहेर उनीहरूको मर्म र भावना बुझ्दै आएको कारण पाण्डे अहिले पर्सा–३ का मात्र होइन, पुरै जिल्लाका युवा पुस्ताका लागि ‘सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित उम्मेदवार’का रूपमा हेरिन थालेका छन् ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि