Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा सशस्त्र प्रहरीको सक्रियता, पाँच महिनामै रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २७, २०८२
पर्सामा सशस्त्र प्रहरीको सक्रियता, पाँच महिनामै रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद

वीरगंज (पर्सा), २७ मंसिर । पर्सा जिल्लाको खुला सीमालाई केन्द्रमा राख्दै राजस्व चुहावट तथा चोरी तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस अवधिमा सशस्त्र प्रहरीले सीमावर्ती भारतीय बजारबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सशस्त्र प्रहरीको सक्रियता, निगरानी प्रणाली र रणनीतिमा गरिएको सुधारका कारण अवैध चोरी तस्करी नियन्त्रणको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि भएको हो । ‘गत आर्थिक वर्षमा हामीले रु २८ करोड ९२ लाख ५० हजार मूल्य बराबरका अवैध चोरी तस्करीका सामान बरामद गरेका थियौँ,’ उपरीक्षक भट्टले भने, ‘चालु आर्थिक वर्षको हालसम्मको तथ्यांक हेर्दा गत वर्षभन्दा अझ बढी परिमाणमा बरामद हुने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्रै बिलविजकभन्दा बढी मूल्यका रु आठ करोड ५९ लाख ७२ हजार ७५० बराबरका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । जबकि गत आर्थिक वर्षभरिमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य बराबरका यस्ता सामान बुझाइएको थियो । यसले चालु आवमै राजस्व अनुसन्धानतर्फको उपलब्धि तीव्र गतिमा अघि बढिरहेको देखाउँछ ।

पर्सा जिल्ला भारतसँग १०७ किलोमिटर लामो खुला सीमाले जोडिएकाले चोरी तस्करी नियन्त्रण चुनौतीपूर्ण रहेको भएपनि सशस्त्र प्रहरीले विशेष रणनीति अवलम्बन गर्दै काम गरिरहेको उपरीक्षक भट्टले बताए । ‘तालिमप्राप्त कुकुरको प्रयोग, २४ घण्टा सीमा निगरानी, गस्ती तथा सूचनाको प्रभावकारी उपयोगमार्फत चोरी तस्करी नियन्त्रणका लागि हामी निरन्तर सक्रिय छौँ,’ उनले भने, ‘यसको सकारात्मक प्रभाव वीरगंज भन्सार कार्यालयको राजस्व संकलनमा पनि स्पष्ट रूपमा देखिएको छ ।’

वीरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु ७५ अर्ब ५९ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने रु ६६ अर्ब ७३ करोड मात्र राजस्व संकलन भएको थियो । यसअनुसार चालु आवको चार महिनामा भन्सार कार्यालयले १३ प्रतिशत अर्थात् रु आठ अर्ब ७६ करोड बढी राजस्व संकलन गर्न सफल भएको छ ।

उपरीक्षक भट्टले बेमौसमी वर्षा, जेन–जी आन्दोलन तथा छिमेकी मुलुक भारतको बिहार राज्यमा सम्पन्न विधानसभा निर्वाचनजस्ता प्रतिकूल अवस्थाका बाबजुद पनि राजस्व संकलन उत्साहजनक हुनु सकारात्मक पक्ष भएको बताए । ‘सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको छ,’ उनले भने, ‘स्थानीय प्रशासन र आम नागरिकको सहयोगका कारण चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौँ ।’

राजस्व तथा सुरक्षा क्षेत्रसँगै सशस्त्र प्रहरी बल पर्सा विपद् व्यवस्थापनमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । गत असोज १८ र १९ गते आएको बाढीका क्रममा डुबानमा परेका नागरिकहरू, सुत्केरी महिलासहितको सफल उद्दारमा सशस्त्र प्रहरी सक्रिय रूपमा खटिएको थियो । यसका अतिरिक्त, अवैध हतियार नियन्त्रण अभियान अन्तर्गत कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा ३५० किलोग्राम गाँजा र ३० दशमलव ९८ किलोग्राम चरेश बरामद गरेको जनाएको छ । राजस्व संरक्षण, सीमा सुरक्षा, विपद् व्यवस्थापन र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल पर्साको सक्रियता राज्यका लागि महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि