Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घुस सहित पक्राउ परेका नापी कार्यालय पर्साका कर्मचारीद्वय विरुद्ध विशेष अदालतमा मुद्दा दायर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २६, २०८२
घुस सहित पक्राउ परेका नापी कार्यालय पर्साका कर्मचारीद्वय विरुद्ध विशेष अदालतमा मुद्दा दायर

वीरगंज (पर्सा), २६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय विरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका दुवै जनामाथि अख्तियारले कानुनी कारबाही अघि बढाएको हो ।

गत मंसिर २ गते अख्तियारको टोलीले दुवै कर्मचारीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार वीरगंज महानगरपालिका वडा नं. २५ स्थित कित्ता नम्बर ५५, क्षेत्रफल ०००६४ वर्गमिटर जग्गाको ‘छुट जग्गा दर्ता’ प्रक्रिया सहज बनाइदिने नाममा घुस मागी लिएको प्रमाणित भएपछि आरोपपत्र दायर गरिएको हो ।

अख्तियारले दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम बिगो एक लाख कायम गरी सोही रकमअनुसार कैद र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

‘विना पैसा काम नहुने’ नापी कार्यालयको दीर्घकालीन समस्या
नापी कार्यालय पर्सामा लामो समयदेखि ‘पैसा नदिए काम अगाडि नबढ्ने’ प्रवृत्ति मौलाउँदै आएको सेवाग्राहीहरूको गुनासो छ । सामान्य प्रक्रिया पूरा गर्न समेत कर्मचारीले ढिलासुस्ती गर्ने, तर पैसा बुझाएपछि भने भोलिपल्टै काम सकिदिने प्रचलन रहँदै आएको उनीहरूको अनुभव छ ।

विशेषगरी सर्वेक्षक र अमिनहरूको व्यवहारप्रति गुनासो बढी रहेको सेवाग्राहीहरू बताउँछन् । नापजाँच, कित्ता सुधार, जग्गा छुट्ट्याउने, दर्ता प्रक्रियालगायत सेवामा खुलेआम घुसखोरी हुने र पैसा नदिने सेवाग्राहीलाई दिनौँजसो अल्झाइने, फाइल थन्क्याइने र अनावश्यक झन्झट सिर्जना गरिने गरेको उनीहरूको आरोप छ ।

मुद्दा दर्तासँगै सुधारको अपेक्षा
लामो समयदेखि सेवाग्राही पीडित बनाउँदै आएको नापी कार्यालय पर्साका कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि अब सेवा प्रवाहमा सुधार आउने अपेक्षा स्थानीयले व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस घटनाले नापी कार्यालयमा व्याप्त दुर्व्यवहार र घुस प्रथामाथि कडाइ हुँदै जाने विश्वास जागेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि