Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गरिमा बैंकको ठगी धन्दा : ५ करोड ऋणको लोभ, डेढ करोडको लिलाम ! पीडित आत्मदाहमा उत्रिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २५, २०८२
गरिमा बैंकको ठगी धन्दा : ५ करोड ऋणको लोभ, डेढ करोडको लिलाम ! पीडित आत्मदाहमा उत्रिए

मलंगवा (सर्लाही), २५ मंसिर । सर्लाहीको मलंगवास्थित गरिमा विकास बैंकबाट ठगीमा परेको भन्दै एक व्यक्तिले बुधबार प्रहरीकै अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ । चन्द्रनगर गाउँपालिका–६ कामद निवासी नथुनी मुखिया बिनले आफ्‌नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेपछि प्रहरीले तत्काल उद्दार गरेको हो ।

पीडित नथुनीका अनुसार बैंकले ‘५ करोड ऋण दिन्छु’ भन्दै उनको नाममा रहेको करिब डेढ करोड मूल्य बराबरको जग्गा लिलाम–सकार गराएको थियो । तर विगत साढे दुई वर्षदेखि न त ऋण उपलब्ध गरायो, न त लिलाम सकार गरिएको जग्गा नै भोग चलाउन दिए । राष्ट्र बैंकमा समेत उजुरी गर्दा कुनै सुनुवाइ नभएको, व्यवसाय चौपट भई जीवनयापन कठिन बन्दै गएको र यही समस्याले आत्मदाहको निर्णय लिनुपरेको उनले प्रहरीसमक्ष बताएका छन् ।

नथुनी मात्र होइन, गरिमा विकास बैंक (पहिले सहारा विकास बैंक) बाट ठगीमा परेको भन्दै न्याय खोजिरहेका अन्य पीडित पनि निकै अघि बढेर संघर्षरत छन् । फेकन रायका अनुसार विगत चार वर्षदेखि आफूहरू जिल्ला प्रशासनदेखि राष्ट्र बैंकसम्म उजुरी लिएर हिँड्दा पनि न्याय पाउन सकेका छैनन् । उल्टै बैंकका पूर्व प्रबन्धक तथा कर्मचारीहरूले ऋण रकम हिनामिना गरेर बैंकलाई नै बचाउने प्रयास भइरहेको पीडितहरुको आरोप छ ।

रायका अनुसार ३० लाख रुपैयाँ ऋण स्वीकृत भएको कागज देखाइए पनि आफूले १ लाख ५० हजार मात्रै पाएका थिए भने बाँकी रकम बैंकका पूर्व प्रबन्धकले आफ्नो स्वार्थमा दुरुपयोग गरेको दाबी छ । यस्तै, ऋण बुझाइसके पनि जग्गा फुकुवामा ढिलाइ गरिँदै आएको अर्को पीडितले बताए । उनका अनुसार पूर्व म्यानेजर रामएकवाल साहले पटक पटक बुझाइएको रकम बैंकको स्टेटमेन्टमा नचढाई ठगी गरेका थिए ।

करिब दुई दर्जनभन्दा बढी पीडित, जसमा नथुनी मुखिया, राकेश कुमार कापड, कुन्ता राउत, सिताविश्वकर्मा, राकेश भुजेल, फेकन राय यादवलगायतले बैंकले संगठित रूपमा ठगी गरेको आरोप लगाएका छन् । उनीहरूले न्याय नपाए एकैसाथ सामूहिक आत्मदाहसम्मको कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

घटनाबारे बुझ्‌न खोज्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र खड्कासँग सम्पर्क गर्न खोजिएको भएपनि उनले फोन रिसिभ नगरेको बताइएको छ । घटना भएको बेला बैंक खुला समय सकिएकोले कार्यालय बन्द थियो र कुनै अधिकारीसँग सम्पर्क हुन सकेन ।

स्थानीय जनप्रतिनिधिमा समेत दबाब परेको यस घटनाको संवेदनशीलताका कारण बिहीबार दुवै पक्षलाई जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा बसेर छलफलमा ल्याइने तयारी गरिएको प्रहरी श्रोतले जनाएको छ । सर्लाहीमा ठगी, आर्थिक शोषण र आत्मदाह प्रयासको चर्चाले अहिले स्थानीयवासीसहित सुरक्षा निकायलाई समेत गम्भीर चासोमा पारेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि