Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालमा मन्त्री शर्माको आकस्मिक अनुगमन, जीर्ण संरचना र सेवा गुणस्तरप्रति चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २३, २०८२
नारायणी अस्पतालमा मन्त्री शर्माको आकस्मिक अनुगमन, जीर्ण संरचना र सेवा गुणस्तरप्रति चिन्ता

वीरगंज (पर्सा), २३ मंंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले वीरगंज स्थित नारायणी अस्पताल जीर्ण र जोखिमयुक्त बन्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी छिन् । सोमबार नारायणी अस्पतालमा आकस्मिक स्थलगत अनुगमन गर्दै अस्पतालको समग्र सेवा, स्रोतसाधनको उपयोग, भौतिक संरचनाको अवस्था र व्यवस्थापनको प्रभावकारिताबारे विस्तृत जानकारी लिदै मन्त्री शर्माले नारायणी अस्पतालको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी हुन् ।

नारायणी अस्पतालको आकस्मिक कक्षदेखि आई.सि.यू. र विभिन्न वार्डहरूमा पुगेर प्रत्यक्ष अवलोकन पश्चात आयोजित अनौपचारिक छलफलमा शर्माले अस्पताल जीर्ण र जोखिमयुक्त बन्दै गएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिन् । नारायणी अस्पताललाई संघीय सरकारले उच्च प्राथमिकतामा राखेको स्वास्थ्य संस्था भनेर उल्लेख गर्दै उपलब्ध श्रोतसाधनको भरपूर उपयोग हुन नसक्नु अत्यन्त गम्भीर विषय भएको बताइन् । उनले दरबन्दी अनुसार स्वास्थ्यकर्मी नआउने, कार्यका लागि प्रोत्साहन र अनुकूल वातावरण नबन्दा सेवा प्रभावित भएको भन्दै समस्या समाधानका लागि सबै तहका सरोकारवालाले समान जिम्मेवारीसहित अगाडि आउनुपर्नेमा जोड दिइन् ।

अस्पतालको जीर्ण भौतिक संरचना सुधारका सन्दर्भमा उनले भवन निर्माण प्रक्रियामा देखिएका जटिलता हटाउन सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरी स्पष्ट मार्गनिर्देशन ल्याइने आश्वासन दिइन् । वातावरणीय प्रभाव मूल्याङ्कन (ई.आई.ए.) प्रक्रिया छिटो टुंग्याउने र आगामी आर्थिक वर्षको बजेटमै नयाँ भवन निर्माणका लागि आवश्यक व्यवस्था मिलाइने बताइन् । स्वास्थ्यकर्मी विशेषतः नर्सको संख्या वृद्धि गरी सेवा प्रदान अझ प्रभावकारी र छरितो बनाउने सरकारको योजना रहेको उनले स्पष्ट पारिन् । मन्त्री गौतमले सबै पक्षको सहकार्य र समयमै हुने प्रशासनिक पहलले नारायणी अस्पताललाई प्रदेशकै उत्कृष्ट सेवा केन्द्रका रूपमा पुनःस्थापित गर्न सकिने विश्वास व्यक्त गरिन् ।

छलफलमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहले अस्पतालले अहिले प्रवाह गरिरहेको स्वास्थ्य सेवा, सामना गरिरहेका मुख्य चुनौती र तत्काल आवश्यक सुधारका पक्षबारे जानकारी प्रस्तुत गरेका थिए । उनले जनसंख्या घनत्व धेरै भएका क्षेत्रका बिरामीलाई सेवा दिन अस्पतालले ठूलो दबाब खेपिरहेको बताए ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, डा. नीरज सिंह, डा. सुरेन्द्र चौधरीलगायत सरोकारवाला तथा स्थानीय निकायका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि