Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया यातायात काण्ड: सरुवा भएपनि कार्यालय नछाड्ने सँस्कारले हाकिम र कर्मचारीबीच कुटाकुट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १८, २०८२
कलैया यातायात काण्ड: सरुवा भएपनि कार्यालय नछाड्ने सँस्कारले हाकिम र कर्मचारीबीच कुटाकुट
कलैया (बारा), १८ मंसिर । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा बुधबार साँझ भएको कुटाकुटले कार्यालयको बिग्रिँदो प्रशासनिक संस्कार फेरि बाहिर आएको छ । साँझ करिब ५ः३० बजे कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच भएको झगडा तत्कालै कुटाकुटमा रुपान्तरित हुँदा दुवैजना घाइते बनेका छन् ।
झडपका क्रममा खरिदार साहको अनुहार सुन्निने गरी चोट लागेको छ भने प्रमुख दासको अनुहारमा समेत घाउ लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनापछि दास, साह र दास पक्षका चालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरेको थियो । प्रारम्भिक प्रकरण कार्यालयमै समाधान गर्ने सहमति अनुसार प्रहरीले सबैलाई छाडेको थियो । यस विषयमा शुक्रबार बस्ने बैठकले अन्तिम प्रतिवेदन निकाल्ने बताइएको छ ।
घटनापछि गम्भिर चोट लोगेका साह उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुगेका थिए । प्रारम्भिक सिटी स्क्यान रिपोर्टले उनको टाउकोमा गम्भिर चोट लागेको औंल्याएको अस्पताल चिकित्सकले जनाएका छन् ।
कार्यालय प्रमुख हाजिर विवाद नै कुटाकुटमा परिणत
यातायात कार्यालयका सूचना अधिकारी जीवन पौडेलका अनुसार, घटना दासको सरुवा भइसकेको अवस्थामै ‘हाजिर’ विषयमा विवाद चर्किदा सुरु भएको हो । श्रम तथा यातायात मन्त्रालयले दासलाई तालिम केन्द्र जनकपुर सरुवा गरी सरोज यादवलाई यातायात व्यवस्था कार्यालय कलैयाको नयाँ प्रमुख बनाएको थियो । तर, दासले सरुवा अस्वीकार गर्दै कार्यालय नछाडेपछि विवाद झनै बढेको देखिन्छ ।
बुधबार साँझ हाजिरका लागि कार्यालय आएका नयाँ प्रमुख यादवलाई दासले हाजिर गराउन अस्वीकार गर्दै हाजिर रजिस्टर समेत लुकाएको कार्यालय श्रोतले जनाएको छ । यही विषयमा खरिदार साहले प्रश्न गरेपछि दास पक्षका चालक आशिष सिंहले साहमाथि हात हालेको र तीव्र विवादपछि कुटाकुट भएको बताइएको छ ।
अनियमितता र गैरकानुनी गतिविधिमा दासको निरन्तर संलग्नताको आरोप
कार्यालय प्रमुख दास कलैया कार्यालय आएदेखि नै विभिन्न अनियमितताको आरोप लाग्दै विवादमा तानिँदै आएका छन् । कर्मचारी श्रोतका अनुसार करार कर्मचारी नियुक्तिमा अनियमितता, लिखित तथा ट्रायलमा फेल भएकालाई पास गराउने प्रक्रियामा अवैध रकम असुली, निजी चालक आशिष सिंह र भाई भिखारी दासको मिलेमतोमा चल्ने ‘राजस्व बाहिरको असुली चक्र’, राति कार्यालयको चुकुलभित्र गोप्य हिसाब किताब र रकम कारोबार जस्ता गतिविधि दासको सीधै संलग्नतामा भइरहेको आरोप लगाइन्छ ।
यही आर्थिक स्वार्थका कारण दासले सरुवा भएपनि कार्यालय छाड्न नमानेको कर्मचारीहरूको दाबी छ । सरुवा भएपनि कार्यालयमै बस्ने, रजिष्टर लुकाउने, कुटाकुटसम्म गर्ने प्रमुख दासविरुद्ध सम्बन्धित निकायले कारवाही कहिले गर्ने भन्ने स्थानीय र त्यहाँ कार्यरत कर्मचारीहरुको प्रश्न छ । कलैया यातायात कार्यालयमा पटक–पटक विवादको श्रृंखला चलिरहेका बेला, यसपटकको कुटाकुट प्रकरणले कार्यालय प्रशासनको विश्वसनीयता माथिनै प्रश्न चिन्ह् खडा गरेको छ ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

जेष्ठ ५, २०८३
चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि