Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारामा प्रेस काउन्सिलको कडा अनुगमन, विज्ञापन प्रकाशनमा गैर पेशागत चलखेल उजागर !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १७, २०८२
बारामा प्रेस काउन्सिलको कडा अनुगमन, विज्ञापन प्रकाशनमा गैर पेशागत चलखेल उजागर !

वीरगंज (पर्सा), १७ मंसिर । प्रेस काउन्सिल नेपालका प्रतिनिधि टोलीले बुधबार बाराको विभिन्न कार्यालय तथा प्रकाशन गृहहरूको अनुगमन गरेको छ। टोलीमा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल तथा गुनासो सुन्ने अधिकारी एवम् उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारी सहभागी थिए ।

अनुगमन टोलीले जिल्ला हुलाक कार्यालय, स्टेसनरी पसल तथा विभिन्न पत्रपत्रिकाका कार्यालयमा पुगेर प्रकाशनको अवस्था, विज्ञापन बोर्ड सूचना, अभिलेख व्यवस्थापन, र साप्ताहिक पत्रपत्रिकाको नियमितताबारे प्रत्यक्ष रूपमा निरीक्षण गरेको हो । साथै बाराबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाको प्रधान कार्यालयहरूमा पुगेर आवश्यक कागजात र प्रकाशन अवस्थाको पनि समीक्षा गरिएको काउन्सिलले जनाएको छ ।

मुख्य अधिकृत भुसालनुसार, हाल बजारमा साप्ताहिक पत्रपत्रिकाहरू कम देखिने, धेरै पत्र–पत्रिका प्रकाशन नगर्ने वा नभेटिने गुनासो बढ्दै गएको छ । सोही गुनासोलाई सम्बोधन गर्न तथा स्थानीय तहमा सञ्चार माध्यमको अवस्था बुझ्न अनुगमन गरिएको उनले बताए ।

अनुगमनका क्रममा स्थानीयवासी तथा सञ्चार क्षेत्रका सरोकारवालाहरूले दैनिक पत्रिका केही उपलब्ध भएपनि साप्ताहिक पत्रिकाहरू पर्याप्त रूपमा नपाइने समस्या बढिरहेको जानकारी दिएका थिए ।

टोलीले अधिकांश पत्रिकाले प्रिन्टलाइनमा कार्यालयको ठेगाना स्पष्ट रूपमा नउल्लेख गरेको पाइएको भन्दै तत्कालै अर्को अंकदेखि ठेगाना स्पष्ट राखेर प्रकाशन गर्न सुझाव दिएको छ । काउन्सिलका अनुसार यसले पारदर्शिता, विश्वसनीयता र जिम्मेवारीका मानकहरू सुनिश्चित गर्न मद्दत गर्दछ ।

त्यसैगरी, बाराका कतिपय पत्रिकाले विज्ञापन प्रकाशनका क्रममा गैर पेशागत आचरण अपनाउने गरेको तथा त्यस सम्बन्धी उजूरीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै पर्ने गरेको देखिएकाले सो विषयमा गम्भीर बन्न प्रेस काउन्सिलले ध्यानाकर्षण गराएको छ ।

अनुगमनका क्रममा पत्रकारिताको आचारसंहिता, स्थानीय प्रकाशनको गुणस्तर र वितरण व्यवस्थाबारे छलफल गर्दै टोलीले नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी तथा जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपक कुमार पटेलसँग समेत विस्तृत कुराकानी गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि