Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित मनाइयो, समावेशी समाज निर्माणमा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १७, २०८२
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित मनाइयो, समावेशी समाज निर्माणमा जोड

वीरगंज (पर्सा), १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस बुधबार वीरगंजमा विभिन्न कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ । सरकारका निकाय, सरोकारवाला संस्था तथा अपाङ्गता अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाहरूको सहभागितामा प्रभातफेरीदेखि कोणसभा हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देशप्रति ऐक्यबद्धता जनाउँदै दिवस सम्पन्न गरिएको हो ।

बिहानै वीरगंजको घण्टाघरबाट निस्किएको प्रभातफेरी ‘समृद्ध समाजका लागि युवा सशक्तीकरण’, गैरसरकारी संस्था महासंघ पर्सा तथा विभिन्न क्लबहरूको संयोजनमा आयोजना गरिएको थियो । प्रभातफेरी माइस्थान पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दैै सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र गरिमामय जीवनका लागि राज्य र समाज दुवै जिम्मेवार हुनु आवश्यक रहेको धारणा राखे ।

कोणसभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न राज्यका सबै संरचनाले उत्तरदायी र संवेदनशील भूमिकामा अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । उनले सेवा, सुविधा र अवसरको पहुँचलाई स्थानीय तहमै सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै, समावेशी समाज निर्माणका लागि सबै क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहने धारणा राखे ।

‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन : सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा कन्या स्कुल र माउण्ट मकालुका विद्यार्थीहरूको समेत सहभागिता थियो । सहभागीहरूले ‘अपाङ्गता माथिको भेदभाव अन्त्य गरौँ’, ‘समावेशी र समतामूलक समाज हाम्रो अभियान’, ‘अधिकारको सुनिश्चितता हाम्रो ऐक्यबद्धता’ जस्ता नारा घन्काउँदै अधिकार र समान अवसरको माग राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दहालसहित जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेल, सामाजिक अभियन्ता प्रकाश थारु, प्रहरी नायब उपरीक्षक राजु कार्की, गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, कन्या स्कुलकी प्रधानाध्यापक अनिता साह, कञ्चनजंघा स्कुलका प्रबन्ध निर्देशक मार्टिन मोक्तान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, लाइफ नेपालकी कन्चन कोइरालालगायत सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको ‘समृद्ध नेपालका लागि युवा सशक्तीकरण’का अध्यक्ष महेश साह कानुले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको पहलमा १९९२ डिसेम्बर ३ देखि विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो, जसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीता र समान अवसर सुनिश्चितताप्रति वैश्विक प्रतिवद्धता अभिव्यक्त गर्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि