वीरगंज (पर्सा), १५ मंसिर । विश्व एड्स दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसले एचआईभी संक्रमित तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरेको छ ।
नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाको अध्यक्षता र रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रोटेरियन संजय जोशीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कम्बल वितरण गरिएकाे हाे । सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका–४ का अध्यक्ष जगत प्रसाद साह कानु, रोटेरियन शशि रञ्जन कलवार, रोटेरियन सौरभ बर्णवाल लगायतको उपस्थिति रहेको थियो ।
सूचीअनुसार पहिचान गरिएका एचआईभी प्रभावित विपन्न व्यक्तिहरूलाई जाडोबाट बचाउन न्यानो कम्बल वितरण गरिएको आयोजकले जनाएको छ । आगामी कठोर जाडो मौसममा यसले उल्लेखनीय राहत पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !