Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

देशभरकै उत्कृष्ट प्रहरीमा रागनीकुमारी यादव प्रथम, आईजीपीबाट ४० हजार नगदसहित सम्मानित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १४, २०८२
देशभरकै उत्कृष्ट प्रहरीमा रागनीकुमारी यादव प्रथम,  आईजीपीबाट ४० हजार नगदसहित सम्मानित
वीरगंज (पर्सा), १४ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूलाई मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी घोषणा गरेको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव देशभरकै सर्वोत्कृष्ट सहित प्रथम प्रहरी घोषित भएकी छिन् ।
आइतबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रागनीकुमारीलाई नगद ४० हजार रुपैयाँ तथा प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरे । उनका अनुसार, सेवा केन्द्रमार्फत महिलामाथि हुने हिंसा न्यूनीकरण, पीडित अभिमुख कार्यशैली, समस्या समाधानमा सक्रियता र समुदायसँगको प्रभावकारी सहकार्यको आधारमा उनी सर्वोत्तम मानिएकी हुन् ।
आर्थिक वर्ष २०८१/०८२ को लैंगिक हिंसाको तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले उनको नाम छनोट गरेको हो । रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भएकी रागनीकुमारी हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छिन् । विभिन्न समुदायमुखी गतिविधि, संवेदनशील घटनामा त्वरित हस्तक्षेप तथा पीडितमैत्री सेवामा उनको योगदान उल्लेखनीय रहेको समितिले जनाएको छ ।
द्वितीय र तृतीय स्थानमा हवल्दार खत्री र तामाङ
उत्कृष्ट प्रहरी कर्मचारी छान्ने समितिले दोश्रो स्थानका लागि अर्घाखाँची प्रहरी चौकी बालकोटमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार शान्ता खत्रीलाई चयन गरेको छ । उनले नगद ३० हजार रुपैयाँ तथा प्रमाण–पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा परेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी हवल्दार उमा तामाङलाई प्रहरी प्रधान कार्यालयले नगद २० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरेको छ ।
सान्त्वना पुरस्कार
यसैगरी, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई नगद १० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ । कार्य सम्पादन, पीडितमैत्री सेवा, सूचनामूलक गतिविधि तथा समुदायसँगको सम्बन्ध सुदृढीकरणलाई मुख्य मापदण्ड बनाइएको उत्कृष्ट कर्मचारी छनोटले लैङ्गिक हिंसाविरुद्धको अभियानमा प्रहरीभित्रको प्रतिबद्धता झनै मजबुत बनाएको बताइएको छ ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि