Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परम्परागत सेवा: ज्याला प्रणाली कमजोर, चौकीदार गाउँदारदेखि ब्राह्मण हजामसम्म संकटमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८२
परम्परागत सेवा: ज्याला प्रणाली कमजोर, चौकीदार गाउँदारदेखि ब्राह्मण हजामसम्म संकटमा

वीरगंज (पर्सा), ११ मंसिर । कृषिमा द्रुत गतिमा भित्रिएको आधुनिकीकरणले खेतीपातीलाई सहज र छिटो बनाइरहेको छ। हार्भेस्टर, थ्रेशरलगायत आधुनिक मेशिनले किसानको समय, श्रम र खर्च बचाइदिएको छ। तर, मेशिनरीको बढ्दो उपयोगले समाजमा दशकौँदेखि परम्परागत रूपमा सेवा प्रदान गर्दै आएका चौकीदार, गाउँदार, ब्राह्मण तथा हजाम समुदायलाई भने अस्तित्व संकटमा धकेलेको स्थानीयको गुनासो छ ।

वर्षेनी धान बाली भित्र्याउने समयमा किसानले मेशिन प्रयोग गर्न थालेपछि समुदायमा दैनिक सामाजिक सेवा गर्ने यस समूहले परम्परागत रूपमा पाउने ‘ज्याला’ दिनानुदिन कमजोर हुँदै गएको छ । गाउँका हरेक परिवारलाई वर्षभरि आवश्यक पर्ने सूचना प्रवाह, सुत्केरी गराउने, पूजा–पाठ गरिदिने, कपाल काटिदिनेदेखि लिएर मरेका चौपायाको व्यवस्थापनजस्ता जिम्मेवारी निभाउँदै आएका यी समुदायलाई धान भित्र्याउने बेला पारिश्रमिक दिने पुरानो चलन अब कमजोर बनेको छ ।

परम्परागतरूपमा किसानले धान रोपिएको प्रत्येक ‘गारो’मा पूर्वआलीको बिसहर चौकीदारलाई र उतरआलीको बिसहर गाउँदारलाई दिने चलन रहिआएको थियो । तर, आधुनिक हार्भेस्टरले बाली काट्नेक्रममा चौकीदार गाउँदारको भाग पनि काटेर लैजाने हुन थालेपछि उनीहरू परम्परागत अधिकारबाटै वञ्चित भइरहेका छन् ।

जिराभवानी गाउँपालिका–२ सेढवाका चौकीदार भोकट हाजरा दुसाद भन्छन्, “अघिल्ला वर्षमा धान भित्रिएपछि किसानले सहजै ज्याला दिन्थे, तर अहिले धेरैले ‘बाली बिक्री गरिसकियो’, ‘भकारीमा राखिदियौं’ भन्दै पन्छन थालेका छन् ।” उनका अनुसार चौकीदारले गाउँमा सूचना पुर्‍याउनेदेखि लिएर सामुदायिक घटनामा सुरक्षाजस्तै भूमिका समेत निर्वाह गर्दै आएका छन् । गाउँदारहरूले सुत्केरी गराउने (सुडनी) र मरेका चौपाया व्यवस्थापन गर्ने महत्वपूर्ण सामाजिक कार्य गर्दै आएका भएपनि ज्याला उठाउन मुस्किल परेको उनीहरूको साझा दुखेसो छ ।

यस्तै, पटेर्वासुगौली गाउँपालिका–५ निचुटाका ब्राह्मण प्रमोद उपाध्यायले पूजा पाठ, विवाह व्रतबन्ध जस्ता धार्मिक सेवाबापत पाउने परम्परागत परिश्रमिक उठाउन वर्षैभरि धाउनुपर्ने बाध्यता सुनाए । “पहिले एउटा परिवारबाट ४ पसेरीदेखि १ मनसम्म धान पाउने चलन थियो । अहिले धेरैले ज्यालै दिन छाडेका छन्। दक्षिणा त झन् पाउनै गाह्रो छ,” उपाध्याय भन्छन् ।

हजाम समुदायको पीडा पनि उस्तै छ। घर–घरको पूजा पाठमा सहयोग गर्ने, वर्षभरि कपाल काटिदिने सेवाबापत एक पुरुष बराबर ६ पसेरी धान लिने चलन रहेपनि पछिल्ला वर्षहरूमा उनीहरूले पनि ज्याला उठाउन झनै कठिनाइ भोगिरहेको बताउँछन् ।

स्थानीय समुदायका अनुसार कृषि आधुनिकीकरण, सामाजिक व्यवहार परिवर्तन र परम्परागत पेशाप्रतिको घट्दो सम्मानका कारण पीढीगत रूपमा समुदायलाई बाँधेर राखिरहेको सेवा ज्याला प्रणाली धमिलिँदै गएको छ । परम्परागत पेशामा निर्भर दर्जनौँ परिवार अहिले वैकल्पिक रोजगारीविहीन अवस्थामा पिल्सिन थालेका छन् ।

समुदायका ज्येष्ठ नागरिकहरूका अनुसार, “गाउँले हजारौँ वर्ष बनाएको सामाजिक संरचना आधुनिकताले क्षतिग्रस्त गरिरहेको छ ।” उनका अनुसार, परम्परागत संरचना र आधुनिक प्रविधिबीच सन्तुलन कायम गर्न नसकिए यी समुदायका परिवारहरू सामाजिक तथा आर्थिक रूपमा थप सङ्कटमा पर्ने खतरा बढ्दै गएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि