Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एच.आर.डब्लु. प्रतिवेदन : शान्तिपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले लक्षित गोली चलायो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८२
एच.आर.डब्लु. प्रतिवेदन : शान्तिपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले लक्षित गोली चलायो

वीरगंज (पर्सा), ७ मंसिर । अन्तर्राष्ट्रिय मानवअधिकार संगठन ह्यूमन राइट्स वाच (एच.आर.डब्लु.) ले जेन–जि आन्दोलनका क्रममा नेपाल प्रहरीले अपनाएको भीड नियन्त्रण रणनीति अत्यन्त कमजोर रहेको र शान्तिपूर्ण प्रदर्शनकारीमाथि जानाजान लक्षित गरी गोली चलाएको गम्भीर आरोप लगाएको छ । संगठनले हालै सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा प्रहरीको भूमिकाप्रति कडा आपत्ति जनाउँदै, भीड व्यवस्थापनका संवेदनशील अवस्थाहरूमा प्रयोग गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्डबाट नेपाल प्रहरीले आफूलाई निकै टाढा राखेको निष्कर्ष प्रस्तुत गरेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, प्रदर्शन केही अगाडि बढेपछि प्रहरीले आफ्नो आत्मसंयम गुमाएको स्पष्ट देखियो । भीड नियन्त्रणका मान्य विश्वव्यापी नियमअनुसार न्यून्तम हानी हुने विधि अपनाउनुपर्नेमा, उल्टै प्रहरी टोलीले सिधै प्रदर्शनकारीतर्फ लक्षित गर्दै गोली प्रहार गरेको प्रमाण फेला परेको एच.आर.डब्लुले जनाएको छ ।

संगठनले घटनास्थलका दृश्य, प्राप्त भिडियो सामग्री, प्रत्यक्षदर्शीका विस्तृत बयान तथा चिकित्सकीय अभिलेख अध्ययनपछि, सुरक्षित विकल्पहरू उपलब्ध हुँदाहुँदै पनि प्रहरीले प्रयोग गरेको बल अनुपयुक्त, असंगत र अत्यधिक रूपमा प्रयोग भएको ठहर निकालेको छ । यस्तो व्यवहारले केवल अनावश्यक चोटपटक र त्रासै मात्र फैलाएको प्रतिवेदनमा उल्लेख छ ।

ह्यूमन राइट्स वाचले नेपाल सरकारलाई घटनाको निष्पक्ष छानबिन, संलग्न सुरक्षाकर्मीमाथि कठोर कारबाही तथा भविष्यमा शान्तिपूर्ण आन्दोलन र प्रदर्शन नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसारका सुरक्षा रणनीतिहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ । साथै, घाइते प्रदर्शनकारीहरूको उपचार, पुनर्स्थापना र न्याय सुनिश्चित गर्न राज्यले विशेष पहल गर्नुपर्ने प्रतिवेदनले जोड दिएको छ ।
यता, घटनाबारे नेपाल सरकार र सुरक्षा निकायहरूले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि