Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महानगरको स्वास्थ्य ल्याबमा थप १५ सेवा, अब ७५ % सस्तोमा विस्तारित परीक्षण सुविधा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८२
महानगरको स्वास्थ्य ल्याबमा थप १५ सेवा, अब ७५ % सस्तोमा विस्तारित परीक्षण सुविधा

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज महानगरपालिकाले संचालन गर्दै आएको जनस्वास्थ्य प्रयोगशाला (ल्याब) ले सेवा दायरा थप विस्तार गरेको छ । वडा नं. ३ मालपोत चोकमा करिब दुई वर्षअघि स्थापना गरिएको यो ल्याबमा आइतबारदेखि थप १५ प्रकारका स्वास्थ्य परीक्षण सेवाहरू सुरु गरिएको हो । यसअघि यो प्रयोगशालामा ५५ प्रकारका मात्र परीक्षण सुविधा उपलब्ध थियो । नयाँ सेवाको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका हुन् ।

ल्याबकी इन्चार्ज राधिका कुमारी गुप्ताका अनुसार थाइराइड, बी–१२, एचएस–सीआरपी, टीएसएच लगायतका परीक्षण अब नियमित रूपमा उपलब्ध हुनेछन् । यी परीक्षण सेवा अघि उपलब्ध नभएकाले बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले अब भने बिरामीहरू बिना परीक्षण फर्किनु नपर्ने वातावरण बनेको जानकारी दिइन् ।

महानगरपालिकाले नगरवासीलाई सहुलियत दरमा गुणस्तरीय जनस्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले २०८० असोज २८ गतेदेखि यो ल्याब संचालनमा ल्याइएको हो । मेयर सिंहले बिरामीहरूको बढ्दो चापलाई ध्यानमा राख्दै ल्याबको सेवा क्रमशः थप विस्तार गरिने उल्लेख गरे । साथै, दिशा तथा पिसाबका नमूना संकलनका लागि महानगरका विभिन्न चार स्थानमा नमुना संकलन केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णका अनुसार महानगरको स्वास्थ्य ल्याबले निजी स्वास्थ्य संस्थाको तुलनामा ७५ प्रतिशतसम्म सस्तो शुल्कमा सेवा प्रदान गर्दै आएको छ । उदाहरणस्वरूप, ल्याबमा सीबीसी परीक्षण रु. १७५, लिभर फंक्सन टेस्ट रु. २००, र लिपिड प्रोफाइल रु. ३०० मा उपलब्ध छन् । निजी ल्याबहरूले भने यी परीक्षणका लागि रु. ७०० देखि १००० सम्म लिने गरेको कर्णले बताए । यस्तै, निजी संस्थामा झन्डै रु. १२०० पर्ने थाइराइड परीक्षण महानगरको ल्याबमा रु. ५५० मै गरिनेछ ।

महानगरले सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै जेष्ठ नागरिक (बृत्ति प्राप्त), मृगौला तथा क्यान्सर पीडित, एचआईभी संक्रमित, सहिद परिवार, मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारका नागरिकलाई ९० प्रतिशत छुट, र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको मेयर सिंहले स्पष्ट पारे ।

इन्चार्ज गुप्ताका अनुसार ल्याब संचालन गरिएको दुई वर्षको अवधिमा कुल २२ हजार ५१६ जनाले सेवा लिइसकेका छन् । २०८० असोज २८ देखि २०८२ मंसिर ६ गतेसम्म निरन्तर रूपमा सेवा दिँदै आएको ल्याबमा नगरवासीको विश्वास निरन्तर बढ्दै गएको उनले बताइन् । सेवा विस्तारका अवसरमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, स्वास्थ्य तथा जनसंख्या प्रवद्र्धन शाखाका प्रमुख राजु साह लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि