Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा संयुक्त छापामारी, भन्सार छलेका लाखौँ मूल्यका सामान बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८२
वीरगंजमा संयुक्त छापामारी, भन्सार छलेका लाखौँ मूल्यका सामान बरामद
वीरगंज (पर्सा), ६ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१०, आदर्शनगरबाट भन्सार छलेर चोरी–पैठारीका रूपमा भण्डारण गरिएको लाखौं मूल्यका किराना सामान तथा औषधी बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको यो संयुक्त छापामार अभियान पछिल्ला महिनामै सबैभन्दा ठूलो सफलता मानिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासबाट प्राप्त विशेष सूचनाअनुसार गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा टोली परिचालन गरिएको थियो । भन्सार कार्यालयका नायब सुब्बा हफिजुल्ला अन्सारी नेतृत्वसमेतको टोलीसँग समन्वय गरी आदर्शनगरस्थित पुरानो घरमा छापा मारिएको हो । उक्त घरमा भन्सार छलि लुकाइ–छिपाइ भण्डारण गरिएको झण्डै रु. ५४ लाख २८ हजार ६ सय बराबरका सामान बरामद गरिएको छ । बरामद गरिएको सबै सामग्री आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाबाट खटिएको अर्को टोलीले पनि विभिन्न स्थानमा छापा मार्दै झण्डै रु. ३ लाख ३९ हजार १ सय ७५ बराबरका किराना, कपडा तथा हार्डवेयर सामग्री बरामद गरी भन्सारमा बुझाएको छ । यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा, बाराले विशेष सूचनाका आधारमा बारा, विश्रामपुर–४ बाट अवैध कारोबारको आशंकामा मंसिर ३ गते रु. १० लाख ८० हजार र त्यसको दुई दिनपछि शुक्रबार रु. ६ लाख १५ हजार गरी कुल रु. १६ लाख ९५ हजार बरामद गरेको छ ।
त्यस्तै, मंसिर ३ गते प्र.सि.सु. गुल्म वीरगंजले वीरगंज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकबाट रु. ३ लाख बरामद गरेको थियो । मंसिर ३ र ५ गरी दुई दिनमै अवैध रकम मात्रै रु. १९ लाख ९५ हजार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रण, राजश्व संरक्षण तथा अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी विभिन्न इकाइहरू लगातार अभियान संचालन गरिएको छ । खुला सीमा क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै अवैध रकम ओसारपसार, लागुऔषध कारोबार, अवैध हातहतियार तथा अन्य सीमा अपराधविरुद्ध प्रहरीको कडाइ पछिल्ला दिनमा थप गरिएको छ ।
स.प्र.बल नेपाल नं. १३ गण हे.क्वाका गणपति पुरन चन्द्र भट्टले सीमावर्ती इलाकामा हुने अवैध गतिविधिलाई पूर्ण रूपमा निरुत्साहित गर्न सशस्त्र प्रहरी कुनै कसर बाँकी नराख्ने बताए । उनले राजश्व सुरक्षाबारे सीमावर्ती समुदायमा जनचेतनामूलक अभियानहरू निरन्तर संचालन गरिने जानकारी दिए ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि