Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा जिल्ला लागुऔषध भण्डारण र तस्करीको मुख्य केन्द्रविन्दु बन्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८२
पर्सा जिल्ला लागुऔषध भण्डारण र तस्करीको मुख्य केन्द्रविन्दु बन्दै

वीरगंज (पर्सा), ६ मंसिर । पर्सा जिल्लाका ग्रामीण भेग अहिले लागुऔषध भण्डारण तथा तस्करीको मुख्य केन्द्र विन्दु बन्दै गएको छ । मकवानपुरको मनहरी र लोथर तथा धादिङका पहाडी भेगमा उत्पादन हुने गाँजा पछिल्ला केही वर्षयता चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका जंगलै–जंगल हुँदै पर्साका गाउँबस्तीमा भण्डारण गरेर भारत लैजाने तस्करी झनै तीव्र बन्दै गएको छ ।

सुरक्षा निकायका अनुसार विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती, गढुवालाइन लगायतका बस्तीहरू हाल सक्रिय ‘स्टोरेज हब’ र तस्करी मार्गका रूपमा उदाएका छन् । भारतको बिहारमा हालै सम्पन्न विधानसभा चुनावका कारण केही समय तस्करी रोकिएपनि परिणाम सार्वजनिक भएसँगै तस्करी फेरि तीव्र बनेको सुरक्षा श्रोतको दाबी छ । चुनावपूर्व नै मकवानपुर र धादिङबाट ठूलो मात्रामा ल्याइएको गाँजा पर्साका दुर्गम गाउँहरूमा लुकाइ–छिपाइ भण्डारण गरिएको थियो ।

तस्करीका लागि मनहरी–लोथर–पटेर्वासुगौली मार्ग मुख्य ‘सप्लाइ लाइन’का रूपमा प्रयोग हुने गरेको छ । साथै जिल्ला भित्रै सोनवर्षा, कञ्चनपुर, बैरिया, देकुली, मोरटोल, मुजवनिया टोल, जीराभवानी, सखुवनिया, भवानीपुर, महादेवपट्टी, औराहा लगायतका गाउँ हुँदै मोटरसाइकल, जीप, भ्यान र भरियामार्फत गाँजा भारततर्फ पुर्‍याइन्छ । विजयबस्ती–सुवर्णपुर हुँदै पिडारीगुठी, पाँडेपुर, जानकीटोला हुँदै भिखमपुर, मिर्जापुर, टिहुकी, पकाहामैनपुर, प्रसौनीभाठा, अमरपट्टी र अलौंसम्मका रुटहरू पनि पछिल्लो समय अत्यन्त सक्रिय तस्करी मार्गका रूपमा खुल्न थालेका छन् ।

सुरक्षा कडाइ बढेको भनिए पनि स्थानीय बासिन्दाले भने कतिपय प्रहरी नै तस्करी सहज बनाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । पटेर्वासुगौलीजस्तो सानो क्षेत्रमा मात्र चार जना घुमुवा प्रहरी परिचालन भएकाले उनीहरू तस्करसँग नै मिलेमतोमा सूचना आदान–प्रदान गरिरहेको स्थानीयको गुनासो छ ।

पर्सामा स्थानीय स्तरमा गाँजा खेती अन्त्य भएको १५ वर्ष पुगिसक्दा मकवानपुर र धादिङमा भने यसको उत्पादन झनै बढेको सुरक्षा निकायको विश्लेषण छ । त्यहाँ प्रतिकिलो रु ३ हजारमै पाइने गाँजा पर्सामा रु ६ हजारमा सजिलै बेचिने र भारत सीमा कटेपछि रु २५ हजारसम्म पुग्ने भएकाले तस्करी अत्यन्त लाभदायक व्यवसाय बनेको अधिकारीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला वर्षहरूमा लागूऔषध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको दाबी गर्दै यस वर्ष नियन्त्रण कार्य बढाइएको बताएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्र प्रहरीले ४६७ किलो गाँजा, ९१ किलो चरेस र ७६६ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । चालू आर्थिक वर्षमा कात्तिक मसान्तसम्ममै १,५६१ किलो गाँजा, ६२५ किलो चरेस र ३८४ ग्राम हेरोइन सहित स्वदेशी तथा विदेशी गरी ३५ जना तस्कर पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार गाँजा तथा अन्य लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ । सीमावर्ती क्षेत्रमा गस्ती, चेकजाँच, निगरानी र सूचना–आधारित अपरेसनहरू निरन्तर कडाइका साथ भइरहेका उनले बताए । ‘लागूऔषध तस्करीमा संलग्न जो कोहीमाथि कानुन अनुसार कडा कारबाही हुन्छ,’ बस्नेतले चेतावनी दिए ।
यद्यपि कडाइ बढेपनि तस्करी गतिविधि लगातार बढ्दै गएको देखिएपछि स्थानीयवासीले निकुञ्ज क्षेत्र, वनमार्ग र तस्करीका सक्रिय केन्द्रहरूमा थप पारदर्शी निगरानी तथा कठोर कारबाहीको माग गरिरहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि