Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिमरा घटना : प्रशासन–जेनजी वार्ता टुंगियो, दोषी पक्राउदेखि निष्पक्ष छानबिन प्रशासनको प्रतिवद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ५, २०८२
सिमरा घटना : प्रशासन–जेनजी वार्ता टुंगियो, दोषी पक्राउदेखि निष्पक्ष छानबिन प्रशासनको प्रतिवद्धता

जितपुरसिमरा (बारा), ५ मंसिर । बाराको सिमरा घटनालाई शान्त पार्ने उद्देश्यले आयोजित प्रशासन र जेनजीबीचको वार्ता शुक्रबार साझ सम्पन्न भएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा बसेको वार्ता केही घण्टापछाडि टुंगिएको हो ।

वार्तापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीहरूको सुरक्षाको व्यवस्था गर्ने, घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने तथा सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाइका साथ कारबाही गर्ने विषय समेटिएको एक संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिए ।

वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूले आफूहरू सुरक्षित नभएको र धम्कीको महसुस भइरहेको भन्दै स्थायी सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने माग राखेका थिए । साथै, घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गरी कानुनी कारबाही अघि बढाउनुपर्नेमा उनीहरू जोड दिइरहेका थिए ।

जेनजी पक्षले अझै पक्राउ नपरेका आरोपितहरूको पक्राउ मिति सार्वजनिक रूपमा तोक्नुपर्ने आग्रह गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारी मिश्रले खुल्ला रूपमा हिँडिरहेका आरोपितहरूलाई पक्राउ गर्न सकिने आदेश पहिले नै जारी भइसकेको उल्लेख गर्दै, लुकेर बसेका व्यक्तिहरूका लागि निश्चित दिन तोक्नु व्यवहारिक नहुने स्पष्ट पारे ।

गृहमन्त्रीको लाचारपनले सिमरा घटना भयोः गुरुङ
जेनजीका अगुवा सुदन गुरुङले बाराको सिमरामा भएको ताजा घटनाका लागि गृह मन्त्रालयको कमजोरी र गृहमन्त्री ओमप्रकाश अर्यालको ‘लाचारपन’ मुख्य कारण भएको आरोप लगाएका छन् । बारा पुगेपछि उनले गृहमन्त्रीप्रति खुलेर असन्तुष्टि प्रकट गर्दै घटनाको सम्वेदनशीलता बुझ्‌न सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरे ।

प्रशासन र जेनजीबीच भएको वार्तामा सहभागी रहेका गुरुङले, सरकार जेनजीहरूको भएको दाबी गरेपनि गृहमन्त्रालयले भने आफूहरूलाई साथ नदिएको आरोप लगाए । उनका अनुसार, गृहमन्त्रालयले समयमै जिम्मेवारीपूर्वक काम गरेको भए सिमरामाथि परेको संकट यसरी उग्र रूप लिनुपर्ने थिएन ।

गुरुङले भावुक हुँदै भने, ‘सरकार हाम्रो हो, तर गृहमन्त्रालय हाम्रो जस्तो लागेन, गृहमन्त्रालयले आफ्नो भूमिका निभाएको भए आज यी अवस्था देख्नुपर्ने थिएन । हामी आफैं गृहमन्त्रीको कमजोरपनका कारण विराजमान समस्याको विरोध गर्न आएको हौं । बाटोभरि हतियार बोकेर हिंड्नेहरूलाई रोकिने व्यवस्था छैन, उल्टै बोतल प्रहार गरी हाम्रा केटाहरूलाई आक्रमण भइरहेका छन्, यस्तो लाचारपन अब हामीले सहन सक्दैनौं ।’

देशका लागि योगदान दिएका जेनजीहरू नै पटक–पटक अन्यायमा परिरहेको उल्लेख गर्दै उनले स्थानीय प्रशासनलाई कटाक्षसमेत गरे । ‘हामीले कति दिनसम्म यस्तो अन्याय सहनु पर्ने ? हामी राजनीतिक झण्डा बोक्नेहरू होइनौं, हाम्रो पहिलो पहिचान देशका लागि लड्ने फौज हो । देश बन्नुपर्छ भनेर हामी मौन बसिरहेका हौं, तर त्यसको मूल्य बारम्बार अत्यासलाग्दो हिंसामा तिर्नुपर्ने अवस्था आएको छ,’ उनले प्रश्न उठाए । नेकपा एमालेलाई संकेत गर्दै गुरुङले घटनामा दन्दानी हुने वातावरण सिर्जना गरिनुमा राजनीतिक शक्तिको भूमिकासमेत रहेको आरोपे ।

‘प्रहरी र हामीलाई आपसमा भिडाउने काम उनीहरूबाट गरियो,’ उनले भने, गृहमन्त्रीको निर्देशन र समन्वय कमजोर रहेकाले २३ भदौमा भएको गोलीकाण्डकै सिलसिलामा २४ भदौको थप घटना जन्मिएको उनको भनाइ थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि