Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठेक्का रोकिएको मौका छोप्दै तस्कर समूहहरू सक्रिय, पर्साका खोलामा अवैध उत्खननको ताण्डव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८२
ठेक्का रोकिएको मौका छोप्दै तस्कर समूहहरू सक्रिय, पर्साका खोलामा अवैध उत्खननको ताण्डव

वीरगंज (पर्सा), ४ मंसिर । पर्सा जिल्लाका विभिन्न खोलाहरूबाट ढुङ्गा, गिट्टी र बालुवाको वैधानिक ठेक्का अझै लाग्न नसक्दा अवैध उत्खनन र तस्करी खुलेआम बढेको छ । ठेक्का प्रक्रिया रोकिएको अवसरलाई लक्षित गर्दै तस्कर समूहहरूले स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन कर्मचारीहरूसँगको मिलेमतोमा दिनदहाडै लाखौँ रुपैयाँ बराबरको नदीजन्य पदार्थ चोरी गरिरहेको स्थानीयवासीहरू बताउँछन् । यसले स्थानीय तहको आन्तरिक राजस्व शून्यजस्तै बनेको छ भने अवैध उत्खननका कारण वातावरणीय क्षति पनि चर्किंदै गएको छ ।

जिल्ला समन्वय समिति पर्साका अनुसार प्रदेश सरकार र स्थानीय तहबीच आवश्यक समन्वय नहुनु तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन समयमा नआउनु मुख्य कारण बनेर असोजदेखि सुरु हुनुपर्ने ठेक्का प्रक्रिया पूरै अवरुद्ध छ । कानुन बमोजिम ठेक्का नलागेसम्म खोलाबाट उत्खनन गर्न नपाए पनि वास्तविकतामा भने अवैध उत्खनन झनै तीव्र बनेको छ ।

सधैंजस्तै, वीरगंज महानगरपालिकाको भेडाहा खोलादेखि पर्सागढी नगरपालिकास्थित कर्जनिया र सिङ्याही खोलासम्म, ठोरी गाउँपालिकाको ओरिया खोला, पटेर्वासुगौली र जीराभवानी क्षेत्रका भलवाही खोला तथा सखुवाप्रसौनी–पटेर्वासुगौली क्षेत्रमा पर्ने जमुनिया र गादी खोलासम्मका क्षेत्रमा दैनिक दर्जनौँ ट्र्याक्टर र टिपरले ढुङ्गा–गिट्टी–बालुवा ओसारिरहेको स्थानीयहरूले बताउँछन् । यी गतिविधि दिन–रात दुवै समयमा बिना रोकटोक भइरहेको दाबी उनीहरूको छ ।

स्थानीयहरूले केही प्रहरी चौकी इन्चार्जहरू मोबाइल फोन मार्फत तस्करहरूसँग नियमित सम्पर्कमा रहने गरेको र प्रहरी विभागले कहिलेकाहीँ एक–दुई सवारी पक्राउ गरेर ‘कारबाही गरेको नाटक’ मात्र देखाउने गरेको आरोप लगाएका छन् । धेरैजसो घटनामा प्रहरी र प्रशासनले आँखा चिम्लेर बसेको देखिँदा तस्कर–सुरक्षा मिलेमतो झनै प्रस्ट भएको स्थानीयवासीहरूको भनाइ छ । सम्बन्धित निकायहरूले भने आफूहरूको कुनै संलग्नता नभएको दाबी गर्दै तस्करहरूले लुकिछिपी अवैध उत्खनन गर्ने भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको प्रतिवाद गरेका छन् ।

पर्यावरणविद्हरूले अनियन्त्रित र अनियमित उत्खननका कारण खोलाको प्राकृतिक धार परिवर्तन भई बाढी, कटान र भू–क्षयको जोखिम उच्च हुँदै गएको चेतावनी दिएका छन् । उनीहरूका अनुसार समयमै अवैध उत्खनन रोकिनेहोइन भने दर्जनौँ बस्ती र सयौँ बिघा खेतीयोग्य जमिन निकट भविष्यमा नै गम्भीर जोखिममा पर्न सक्छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय तथा स्थानीय तहबीचको असरदार समन्वय, नियमित अनुगमन र संयुक्त गस्तीको कमीका कारण ग्रामीण क्षेत्रमा तस्करी झन् फैलिँदो अवस्थामा पुगेको छ ।

स्थानीयवासीहरूले अबिलम्ब अवैध उत्खनन रोक्न, दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न तथा ठेक्का प्रक्रियालाई पारदर्शी ढङ्गले अघि बढाउन सबै निकायलाई आग्रह गरेका छन् । ठेक्का प्रक्रिया समयमै सम्पन्न गरी नियमित अनुगमन गरिएमा राजस्व वृद्धि र वातावरण संरक्षण दुवै सुनिश्चित गर्न सकिनेछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि