Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिमा रकमको लागि सञ्चालकले बसमा योजनाबद्ध आगजनी गरेको खुलासा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८२
बिमा रकमको लागि सञ्चालकले बसमा योजनाबद्ध आगजनी गरेको खुलासा

वीरगंज (पर्सा), ४ मंसिर । वीरगंज नयाँ बसपार्कमा मङ्गलवार मध्यरात दुई वटा बसमा लागेको आगो कुनै आकस्मिक दुर्घटना नभई योजनाबद्ध आगजनी भएको खुलेको छ । बस सञ्चालक स्वयंले बिमा रकम दाबी गर्ने उद्देश्यले आगो लगाएको स्वीकार पछि घटनाको प्रकृति झनै स्पष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मङ्गलवार राति करिब १२ः४५ बजे ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुई बस एकैसाथ आगोमा परेका थिए । करिब ४–५ महिनादेखि बसपार्कको कम्पाउन्डभित्र पार्किङ गरी राखिएका यी दुवै बस आगो नियन्त्रणमा आउँदा पूर्ण रूपमा जलेर नष्ट भइसकेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले आगलागी सुनियोजित योजना अनुसार गरिएको पुष्टि गरे। बस सञ्चालकले बिमा कम्पनीबाट पैसा पाउनका लागि आफैँले आगो लगाएको कुरामा बयान दिएको बताए ।

आगलागनी भएको सूचना प्राप्त भएको केही मिनेटमै प्रहरी टोली घटनास्थल पुगेको थियो भने वीरगंज महानगरपालिकाको दमकल टोलीले आगो नियन्त्रणमा साथ दिएको थियो । तर दुवै बसमा फैलिएको आगो नियन्त्रणमा आउँदासम्म बसहरू खरानी जस्तै अवस्था बनेका थिए । उक्त आगलागी प्रारम्भिक दृश्यमै शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानलाई फरक कोणबाट अघि बढाएको थियो । यही प्रक्रियामा बस सञ्चालकले अपराध स्वीकार गरेपछि घटना योजनाबद्ध भएको पुष्टि भएको एसपी पाठकले जानकारी दिए ।

‘घटनामा अरू व्यक्तिहरूको पनि संलग्नता देखिएको छ । तर अनुसन्धान जारी रहेकाले अहिले नाम सार्वजनिक गर्न मिल्दैन’ उनले भने । बस सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस घटनाले बिमा दाबी गर्ने नाममा हुने योजनाबद्ध आगजनी जस्ता आपराधिक प्रवृत्तिहरू अझै चुनौतीपूर्ण रूपमा विद्यमान रहेको तथ्य पुनः सतहमा ल्याएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

जेष्ठ १५, २०८३
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि