Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सशक्त, एकै दिन ४० लाख बराबरको भन्सार छली सामान बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०८२
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सशक्त, एकै दिन ४० लाख बराबरको भन्सार छली सामान बरामद

वीरगंज (पर्सा), ३ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले बुधबार विभिन्न स्थानमा गरेको कारवाहीको क्रममा भन्सार छली गरी ल्याइँदै गरेका करिब ३९ लाख १० हजार ६४० रुपैयाँ बराबरको सामान र नगद बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । सोही दिन २ लाख ७० हजार रुपैयाँ बराबरका पाँच हजार चार सय ब्रोइलर कुखुराका चल्ला समेत नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको टोलीले विन्दवासिनी गाउँपालिका–३, झौवाबाट वीरगंजतर्फ आउँदै गरेको ना. ४ च ६९३५ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई २७ लाख १३ हजार ९४० रुपैयाँ बराबरको कपडा बरामद गरेको हो । त्यस्तै २ लाख २२ हजार १०० रुपैयाँ बराबरको मोटरसाइकल तथा पार्टपुर्जा समेत बरामद गरी गाडी सहित भन्सार बुझाइएको छ ।

यसैगरी नम्बर १३ गणबाट खटिएको अर्को टोलीले वीरगंज महानगरपालिका–२२, जगरनाथपुर क्षेत्रमा भारततर्फबाट टाउकोमा बोकेर परवानीपुरतर्फ ल्याइँदै गरेका २ लाख ५४ हजार ६०० रुपैयाँ बराबरका कपडा र इलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएको छ ।

उता, सीमा सुरक्षा गुल्म अलौं र गुल्म वीरगंजको संयुक्त टोलीले भन्सार मेनगेट, वीरगंज–१६ मा विशेष सूचनाका आधारमा बी.आर. ०५ ए.भी. ५९८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालकले हेलमेटभित्र लुकाएर ल्याएको ३ लाख रुपैयाँ नगद बरामद गरेको छ । सो मोटरसाइकल (बराबर १ लाख ५० हजार रुपैयाँ) र चालकलाई समेत नियन्त्रणमा लिइएर भन्सार बुझाइएको हो । पक्राउ परेका चालक भारतको पूर्वी चम्पारण, नुनियाडीह पञ्चायत–९, रक्सौल निवासी २५ वर्षीय आनन्द कुमार भएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ ।

त्यस्तै, बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको टोलीले विन्दवासिनी गाउँपालिका–३, छठियाघाट नजिकै भारतबाट अवैध रूपमा ल्याइँदै गरेका ५ हजार ४ सय ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएर नियम अनुसार नष्ट गरेको छ । बरामद चल्लाको मूल्य २ लाख ७० हजार रुपैयाँ अनुमान गरिएको छ । सम्पूर्ण कारबाहीहरू सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको संयोजन तथा कमान्डमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि