काठमाडौं, ७ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार ५०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !