Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८१
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा

वीरगंज (पर्सा), ७ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउदै छिटै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन्

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अभियानको समापन गर्दै उनले भ्रष्टाचार बिरुद्ध लडन मधेस तयार रहेको बताए । पूर्णरुपमा सफल भएको भ्रष्टाचार बिरुद्धको अभियान अब छिटै नै अन्य प्रदेशहरुमा समेत हुने उनले बताए ।

आजपा अध्यक्ष साहको प्रमुख आथित्यमा सम्पन्न भएको अभियान भव्यरुपमा सम्पन्न भएको पार्टीको निष्कर्ष रहेको छ । अभियानमा बढदै गएको जनसहभागिताबाट उत्साही आजपाले भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने जनाएको छ । भ्रष्टाचारी, लुटेरहरुले मुलुकको ढुकुटी सिद्धयाएको, नेपाली जनतामाथि ऋण थोपारेको, मनोमानी कर बढाएकाले जनतामा जनचेतना जगाउन यस्तो अभियानको आवश्यक्ता रहेको आजपाको बुझाई रहेको छ । मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले यात्राको क्रममा आवाज उठाएको छ ।

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै स्थानीय, सर्वसधारण एवं सरोकारवालाहरुसंग छलफल समेत यात्राको क्रममा गरेको छ । आजपा प्रवक्ता एवं उपमहासचिव चन्द्रभुषण साहका अनुसार भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम सप्तरीबाट सुरु भएर पर्सा पुगेर समापन भएको हो । सप्तरीको राजविराजबाट सुरु भएको यात्रा पर्साको निचुटा पुगेर आमसभा गर्दै सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम १ मंसिरमा सुरु भई ५ मंसिरमा सम्पन्न भएको छ ।

भ्रष्टाचार बिरुद्ध मधेसमा अभियान र सोही दिन काठमाडौंमा तीनै तहको सरकारको मनोमानी कर बिरुद्ध विरोध प्रदर्शन आजपाले गरेको थियो । मधेस र काठमाडौंमा एकै दिन छुटाछुटै दुई कार्यक्रम सम्पन्न गरेको आजपाले छिटै नै अन्य प्रदेशमा समेत बिशेष अभियान सञ्चालन गर्ने तयारीमा रहेको छ ।

‘मंसिर १ गते सप्तरीबाट शुभारम्भ भएको हाम्रो मधेश यात्राको पहिलो दिन राज्य पक्षबाट भएको अप्रत्याशित एवं अस्वभाविक अवरोधका बावजुद पनि आम न्यायप्रेमी जनसमुदायको न्यानो माया, प्रेम र आर्शिवाद सहितको स्वागत – सम्मान र अभुतपूर्व ऐक्यबद्धताले भ्रष्टाचार बिरोधी हाम्रो संघर्षमा थप रक्तसञ्चार सृजना गरेको छ’ प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अभियानका क्रममा आमसभा, अन्तरक्रिया, बैठक, भेलाका साथै बिभिन्न कार्यक्रम सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा भएको छ । सो क्रममा दर्जभन्दा बढी ठाउँमा आमसभा, भेलाहरुका साथै सयौं व्यक्ति आजपामा प्रवेश गरेका छन् । बिभिन्न पार्टी परित्याग गरी नेताकार्यकर्ता आजपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।

‘अभियानलाई सफल एवं सार्थक बनाउन नेतृत्वगणको निकासमुखी दिशानिर्देश, आईटी आर्मीको अथक सुरक्षा एवं समन्वयकारी भूमिका, कलाकारहरुको कारुणिक एवं मर्मस्पर्शी प्रस्तुतिहरू, पत्रकार साथीहरुद्वारा समयमैं सही सूचनाहरुको सम्प्रेषण तथा व्यवस्थापन टोलीको कुशल व्यवस्थापनले गर्दा अभियानमा थप रौनक एवं चारचान्द लगाएको ठहर सहित सम्पूर्ण सहयोगी एवं शुभेच्छुकहरूमा एकमुष्ट हार्दिक आभार सहित विशेष धन्यवाद समेत व्यक्त गर्दछौं’ आजपाले सबैलाई धन्यवाद दिदै भनेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि