Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खानेपानी मन्त्री यादवको निर्देशनमा नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २, २०८१
खानेपानी मन्त्री यादवको निर्देशनमा नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडान

वीरगंज (पर्सा), २ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगञ्जको नारायणी क्रिकेट मैदानमा अति आवश्यक डिप बोरिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ । पानीको व्यवस्थापन नहुँदा खेलाडीहरूलाई नियमित अभ्यास र प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएकोमा यो परियोजनाले दीर्घकालीन समाधान प्रदान गर्ने विश्वास लिइएको छ ।

नारायणी क्रिकेट मैदानमा पानीको अभावले खेलाडीहरूलाई पीने पानी, मैदान सिँचाइ, र अन्य व्यवस्थापनमा गम्भीर कठिनाइ झेल्न बाध्य बनाएको थियो । अब डिप बोरिङको सफलताले मैदानमा आवश्यक पानीको आपूर्ति सुनिश्चित गरेको छ । डिप बोरिङ जडान पश्चात् मन्त्री यादवले खेलकुद विकास र स्थानीय युवाको प्रोत्साहन आफ्नो प्राथमिकता भएको बताउनुभयो । “नारायणी क्रिकेट मैदानमा डिप बोरिङको सफलताले खेलाडीहरूको समस्या समाधान गर्न सहयोग पुगेको छ । अब खेलाडीहरूले खेलमा मात्र ध्यान केन्द्रित गर्न सक्नेछन् । भविष्यमा थप पूर्वाधार विकास गर्दै मैदानको व्यवस्थापनलाई अझै प्रभावकारी बनाइनेछ,“मन्त्री यादवले भन्नुभयो ।

मन्त्री यादवले मैदानमा पानी वितरणका लागि थप पाइपलाइन र भण्डारण संरचना निर्माण जस्ता आवश्यक कामहरू अघि बढाइने जानकारी पनि दिनुभएको छ । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले डिप बोरिङ जडान कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “डिप बोरिङले मैदानको पानी समस्या दीर्घकालीन रूपमा समाधान गरिदिएको छ । यसले खेलाडीहरूको अभ्यासलाई सहज बनाउनुका साथै आगामी प्रतियोगिता सञ्चालनलाई सरल बनाउनेछ । यो कदम स्थानीय खेलकुद विकासका लागि महत्त्वपूणर् उदाहरण बनेको छ ।“ डिप बोरिङ जडानको यस कदमले नारायणी क्रिकेट मैदानमा हुने खेल गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । खेलाडी, प्रशिक्षक, र खेल प्रेमीहरूको उत्साह यसले बढाएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले खेलकुद र स्थानीय पूर्वाधार विकासमा यस्तै सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि